शारदा नगरपालीकाका ३५ माध्यामिक बिद्यालयका छात्रालाई सेनेटरी प्याड ।

Nov 4, 2019

सरिता चलाउने
कार्तिक १८, सल्यान
सल्यानको शारदा नगरपालीकाले छात्राहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा छात्राहरु नियमित गराउने उदेश्यले नगरपालीकाले बिद्यालयहरुमै पुगेर सेनेटरी प्याड वितरण गरेको हो । ग्रामिन स्तरका महिला छात्राहरु महिनावारी भएको बेला लजाउने, बिद्यालय आउन गाह्रो मान्ने गरेकाले नगरभित्रका सबै माध्यामिक बिद्यालयहरुमा सेनेटरी प्याड बितरण गरेको नगरप्रमुख शुरेस अधिकारीले बताउनु भयो ।
महिनावारी भएको समयमा छात्राहरु बिद्यालयमा आउदैनन भन्ने गुनासो आएपछि नगरपालीकाको योजना अनुसार प्याड वितरण गरेको उहाँले बताउनु भयो । सेनेटरी प्याड उपलब्ध बनाएपछि छात्राहरुको पठनपाठनमा सुधार आउने उहाँले बताउनु भयो । शिबजन माध्यामिक बिद्यालयका ६ सय छात्रा सहित नगरभित्रका ३५ वटा बिद्यालयका करिब १८ सय छात्राहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गरेको नगरप्रमुख अधिकारीले बताउनु भयो ।
छात्राहरु महिनावारी हुदाँ बिद्यालय आउदा भागेर जाने समस्या, लजाउने, बिचैमा कलास छोडेर जाने समस्या खेप्दै आएकाले अब यो समस्या हटेर गएको शिबजन माध्यामिक बिद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनु भयो । अब महिनावारी भएको बेला विद्यालय नआउने बाध्यताको पनि अन्त्य भएको उहाँले बताउनु भयो ।
पहिले बिद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुदा आफुहरुको पढाई छुटने, अध्ययन गर्दा गदै महिनावारी हुदाँ छात्राहरुलाई एकदमै गाह्रो हुने, पढाई छोडर घर जानु पर्ने हुने गरेकोमा अब भने यो समस्या बाट मुक्त भएको शिबजन माध्यामिक बिद्यालय कक्षा १० मा अध्ययानरत छात्रा सुनिता बिकले बताउनु भयो ।
शिक्षा हासिल गर्नको लागी सबै कुराको खाचो हुने भएकाले त्यो मध्य छात्राहरुको लागी सेनेटरी प्याड पनि महत्वपुर्णको बिषय भएको अर्का छात्रा शुस्मा देबकोटाले बताउनु भयो ।

बिशेष गरी छात्राहरुलाई महिनावारी हुदाँ एकदम गाहा्रे हुने भएकाले अब सेनेटरी प्याडको ब्यवस्था भएपछि छात्राहरुले राम्रो शिक्षा हासिल गर्नमा मदत पुग्ने उहाँले बताउनु भयो ।
नेपाल सरकारले पनि यस बर्ष बाट सम्पुर्ण बिद्यालयका किसोरीहरुलाई सेनेटरी प्याड वितरण गर्ने भनेकाले शारदा नगरपालीकाको आफ्नै बजेट बाट नगरभित्रका सम्पुर्ण कक्षा ८ देखि १२ कक्षा सम्मका बिद्यालयहरुमा अध्ययान गर्ने छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको शारदा नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले बताउनु भयो ।
महिनावारी भएको बेलामा सेनेटरी प्याड प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले प्रजन्न अंङ्गमा संक्रमण नहोस, बिद्यालयहरुमा छात्राको संख्या नियमित गराउने उदेश्यले स्वास्थ्यको हिसाले ल्याईएको एउटा महत्वपुर्ण कार्यक्रम भएको उहाँले बताउनु भयो ।