पाँचखालमा ‘किसानसँग मेयर’, विषादी न्यूनिकरण नीति बनाइने

Jun 25, 2020

वागमती प्रदेशकै कृषि उत्पादनका हिसाबले उर्वर भुमि काभ्रेको पाँचखाल नगरपालिकाले विषादी नूनिकरण नीति नै बनाउने भएको छ । पाँचखालमा उत्पादन हुने तरकारीमा विषादीका मात्रा प्रयोग भइरहेको तीब्र गुनासोका माझ नगरप्रमुख महेश खरेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषादी न्यूनिकरण नीति बनाउने उल्लेख गर्नुभएको हो ।

पाँचखालको तरकारीलाई सेमि अर्गानिक हुदैँ अर्गानिक बनाउँदैँ लैजाने नगरप्रमुख खरेलले बताए । एक वडा, एक कृषि प्राविधिकको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै कृषकसँग प्रत्यक्ष जोडिएको समस्या पहिचान गरी समाधानका लागि आगामी आर्थिक वर्षदेखि ‘कृषकसँग मेयर’ कार्यक्रम सञ्चालन हुनेछ । नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कृषि भूमिलाई अन्य कामका लागि प्रयोग गर्न नदिने बताइएको छ ।