बिद्यार्थीहरुको निःल्शुल्क स्वास्थ्य परिक्षण पहलका लागि स्थानीय नागरिक र युवा जुट्दै

Nov 17, 2019

 बर्दिया, मंसिर १ गते


बढैयाताल गाँउपालिका वडा नं ३ मा गथित स्थानीय सभाले सरस्वती आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य परिक्षणका लागि पहल गर्ने भएको छ । नेपालको संबिधानमा नागरीकहरुले राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क पाउने हक लेखिएको छ । त्यसैगरी राष्ट्रिय शिक्षा बिधेयक २०७५ले पनि बिद्यालयमा बिद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था समेत गर्ने भनेको छ । सोही अनुसार स्थानीय सभाले सरस्वती आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य परिक्षणका लागि पहल गर्ने स्थानीय सभाका संयोजक हरिबहादुर घर्तिले बताउनु भयो ।

उहाँले प्राथामिक स्वास्थ्य केन्द्र सोरहवासंग यस बिषयमा छलफल भैसकेको र अव सरस्वती आधारभुत बिद्यालयका शिक्षकहरु संग छलफल गरेर बिद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्न लगाउने स्थानीय सभाका संयोजक घर्तिले बताउनु भयो । बिद्यालयमा बिद्यार्थीहरु समान्य नाक,कान,घाँटी आँखा र छाला संम्बन्धी समस्या भएर पढ्न लेख्न समस्या भएको देखिन्छ त्यस्ता बिद्यार्थीहरुको लागि यो निशुल्क स्वास्थ्य परिक्षण धेरै राम्रो हुने स्थानीय सभाका सचिव गंगाधार पराजुलीले बताउनु भयो । साथै बढैयाताल गाँउपालिकाका सबै बिद्यालयका बिद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नको निमित्त गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठलाई निबेदन दिइसकेको समेत सचिव पराजुलीले बताउनु भयो ।

बढैयाताल गाँउपालिका वडा नं ३ मा गठित स्थानीय सभाले प्रत्येक ३।३ महिनामा नियमित बैठक बस्दै शिक्षा,स्वास्थ्य,कृषि र बिपद् ब्यवस्थापनको बिषयमा र गाँउ समाजमा देखिएका हरेक समस्याको बारेमा छलफल गर्ने निगरानी खवरदारी गर्ने र गाँउपालिकालाई समेत सचेत बनाउदै आएको छ । मंसिर १ गते बसेको बैठकमा सरस्वती आधारभुत बिद्यालयका बिद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षणका साथै यही मंसिर महिना भित्र शिक्षाको गुणस्तर सुधार गर्नका लागि प्रत्येक बिद्यालयहरुमा शिक्षक,अभिभावक र बिद्यार्थीबीच अन्र्तक्रिया गराउने निर्णय गरेको छ ।