कपिलवस्तुको बाणगंगा नगरले महिला स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा गरिदिने

Sep 15, 2020

बिकास थापा ,कपिलवस्तु ३० भदौ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा नगरपालिकाले गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरमा रहेका १ सय १२ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको हो । कोरोना महामारीका कारण महिला स्वास्थ्य स्वयंसेविकाकाहरु बिभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुमा खटिरहेकोले नगरपालिकाबाट उहाँहरुको कोरोना बिमा गर्ने निर्णय गरिएको नगर प्रबक्ता बिष्णु पौडेलले बताउनुभएको छ । यता नगरपालिकाले कोरोना बिमा गरिदिने भएको स्वास्थ्य स्वयमसेबिकाहरु खुसी भएका छन । बाणगंगा ३ की महिला स्वास्थ्य स्वयमसेविका निशा चौधरीले अब काम गर्ने क्रममा थप हौसला थपिएको बताउनुभएको छ । यस्तै कार्यपालिका बैठकले प्रदेश सरकार समक्ष नगरका २ सामुदायिक बिद्यालयलाई नमुना बिद्यायको रुपमा स्बिकृत गराउने निर्णय पनि गरेको छ । जसमा बाणगंगा ११ मा रहेको हेमराज माबि हथौसा र बाणगंगा ७ मा रहेको जनज्योति माबि मोतिपुर छनौटमा परेका छन । नगरका प्रबक्ता विष्णु पौडेलले अझै केहि जनमुखी कदमहरु छिटटै चाल्ने दावि गर्नु भयो । उहाका अनुसार अब कर भूक्तानीको प्रक्रियालाई ई सेवाका माध्यमबाट अघि लैजाने पनि बतानुभको छ ।