चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर ४ कुविण्डेले एक वर्षमा सांढे चार करोडको विकास

Jun 11, 2018

जेष्ठ –२८, सिन्धुपाल्चोक । चौतारा सांगाचोकगढि नगरपालिका वडा नं ४ कुविण्डेले एक वर्षको अवधिमा ४ करोड ४२ लाख ४ सय ४८ रुपैया खर्च भएको जनाएको छ । एक वर्षे प्रगती विवरण सार्वजनिक गर्दै वडा अध्यक्ष चुडामणी नेपालले चौतारा सांगाचोकगढी नगरपालिकाबाट विनियोजित रकम ७० लाख, नगरपालिकाबाट प्राप्त म्याचिङ फण्ड ३४ लाख १६ हजार र वडाको समन्वयमा काम गरेका गैरसरकारी संघ सस्थाको ३ करोड ३७ लाख ८४ हजार ४ सय ४८ लगानीमा आर्थिक वर्ष ७४÷७५ मा खर्च गरेको बताउनुभयो ।
नगरपालिकाबाट विनियोजित रकमबाट पुर्वाधार तर्फ ७० लाख रकम खर्च भएको वडाले उल्लेख गरेको छ । जसमा विद्युत्त, शिक्षा, स्वास्थ्य, खानेपानि, मोटरबाटो र पुरातात्विक संरचना लगाएत १४ वटा शिर्षकमा रकम खर्च भएको वडा अध्यक्ष नेपालले विवरण सुनाउनु भयो । नगरपालिकाबाट प्राप्त म्याचिङ फण्ड र उपभोक्ताको साझेदारीमा वडा भित्रको ६ वटा मोटरबाटो आयोजनामा ४८ लाख १६ हजार रकम खर्च भएको छ ।
यस्तै विकास साझेदारको रुपमा काम गर्दै आएका गैर सरकारी संस्थाहरु जनहित गा्रमिण सेवा समिती, सिडिई सिएफ, सिन्धु उत्थान केन्द्र र जाईकाले ३ करोड ३७ लाख ८४ हजार ४ सय ४८ रकम वडाभित्र खर्च गरेका छन् । जसमा सबैभन्दा धेरै जनहित गा्रमिण सेवा समितिले खानेपानि तथा सरसफाई शिर्षकमा १ करोड ७ लाख १६ हजार ५ सय ८१ खर्च गरेको छ ।
जिविकोपार्जन तथा खानेपानि सरसफाई र आवास शिर्षकमा ३५ लाख खर्च भएको छ । साथै जनहितले कुविण्डेमा विद्यालय, खानेपानि तथा शौचालयका शिर्षकमा १० लाख र प्राविधिक सहयोग साथै विविपि परिवारले खानेपानि तथा सरसफाई शिर्षकमा १० लाख लगानी गरेको वडा कार्यलयको प्रगति विवरणमा उल्लेख छ ।
यो आर्थिक वर्षमा ३ लाख ७० हजार पचास रुपैया आन्तरीक राजस्व संकलन गरेको छ । वडा अध्यक्ष नेपालले यो आर्थिक वर्षमा सम्पादित गरीएका मुख्य कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो । वडा अध्यक्ष चुडामणी नेपालले वर्षभरी गरेका कार्यक्रमको प्रगती विवरण सार्वजानिक गर्दै ८० प्रतिशत पुनर्निमाणको काम सकिएको वताउंदै वडालाई नगर भित्रकै नमुना वडाको रुपमा विकास गर्न सहयोग गर्ने संपूर्णलाइ धन्यवाद दिनु भएको थियो । साथै प्रगती विवरण सार्वजनिक पश्चात स्थानियले सबै क्षेत्रमा कनिका छरे जस्तो टुक्रे काम नगर्न सुझाव दिएको थियो । गाँउमा युवा स्वरोजगार कार्यक्रम संचालनका लागि दुग्ध उत्पादन वृद्धि गर्न, सुधारीएको आरनका लागि कार्यक्रम ल्याउन माग गरेका छन् । स्थानियले चौतारा कुविण्डे नौविसे मोटरबाटो कालोपत्रेको काम अगाडि बडाउन आग्रह गरेको छ ।
कार्यक्रममा स्थानीय, पत्रकार, नगर प्रतिनिधि लगाएत १०० जना भन्दा वढीको सक्रिय सहभागिता रहेको थियो ।