कपिलवस्तु : किन बनेन ३ पालिकाको अढाई बर्षसम्म गुरुयोजना

Jan 8, 2020

बिकास थापा कपिलवस्तु २३ पुस ।

स्थानीय तहको दिगो विकासकालागि गुरुयोजना बनाउनु पर्ने आवश्यकता छ । स्थानीय तहको विकास नै समग्रमा देशको विकास भएकाले स्थानीय तहले गुरुयोजना बनाएर अघि बढ्नु पर्ने राष्ट्रिय योजना आयोगले ठहर गरेको छ । तर कपिलवस्तु जिल्लाका स्थानिय तह भने अढाई वर्ष सम्म गुरुयोजना बिहिन रहेका छन । स्थानीय तहलाई गुरुयोजना र आवधिक योजनासहित अघि बढ्न संघिय सरकारले शुरुमै आग्रह गरेको थियो । तर त्यो आग्रह कपिलवस्तुका स्थानीय तहले पालना गरेनन् । योजना बिना हचुवाको भरमा लगानी गर्न नसकिने भन्दै जिल्लाका स्थानिय तहले गुरुयोजना बनाउने प्रक्रिया थालेको धेरै भयो तर त्यसले नतिजा देखाउन सकेन ।

सहरी विकास मन्त्रालय अन्तगर्तबाट गुरु योजना वनाउने ठेक्का लिएका कर्मचारीहरुको ढिलाईका कारण कपिवस्तुका स्थानियतह गुरुयोजना बिहिन स्थानिय तह भएरै करिव अढाई वर्ष वितेको छ । निर्वाचन भएको अढाई बर्षसम्म पनि मन्त्रालायले तयार पार्ने भनेको गुरुयोजना निर्माणमै अल्झीएको छ । तर त्यस प्रति स्थानीय जनप्रतिनिधीलाई खासै सरोकार छैन । सरोकार भएकाहरुले ताकेता गरेर गुरुयोजना प्राप्त गरेको एक वर्षवढी भई सकेको छ । नगर विकासमा योजना विहीनताको अन्त्य गर्न सरकारले एकीकृत सहरी विकासको गुरुयोजना तयार गर्ने भनेर नगरका सबै बिषयबस्तुहरु माथि अनुमगन पनि गरिएको थियो ।

योजना नहुँदा कुरुप बनेको ठाउबाट पाठ सिक्दै सरकारले सहरी विकासको एकीकृत योजनाको तयारी गर्दैे जिल्लामा आएर बिभिन्न किसीमका अभिमूखिकरण कार्यक्रम , छलफल बहस चलाएर बस्तुस्थिीको बारेमा जानकारी लिएपनि त्यसको नतिजा आउने बेलामा जनप्रतिनिधीको कार्यकाल सकिने अवस्था आएको छ । ढिलाई संगै यतिबेला स्थानिय तहले जे देख्यो त्यसै अनुरुप काम गर्न थालेको स्थानियको भनाई छ । जिल्लाको बाणगंगा नगरपालिका , बुद्धमूमि नगरपालिका र शिबराज नगरपालिका देशका नगरपालिका मध्ये मन्त्रालयले गुरुयोजना बनाईदिने स्थानिय तहमध्ये छनौटमा परेका थिए ।

गत असार मसान्तसम्म गुरुयोजना बनाएर रिपोर्ट पेशगर्ने सम्भौता भएपनि ठेकेदारले अहिलेसम्म बुझाउन नसकेको बाणगंगाका मेयर मंगल प्रसाद थारु बताउनुभयो । अहिलेसम्म सम्म बाणगंगा बुद्धभूमी र शिवराजको गुरु योजना निर्माणकै चरणमा रहदा टिकाटिप्पणी आउन थालेका छन । यता जिल्लाका अन्य स्थानिय तह मायादेबी गाउपालिका , यशोधरा गाउपालिका र शुद्धोधन गाउपालिका लगाएतका स्थानिय तह पनि गुरुयोजना निर्माणकै प्रयासमा रहेका छन । बिगतका बर्षमा कम समय भएकोले बनाउन नसकेको र यसबर्ष गुरुयोजनाबारे छलफल र बहस चलिरहेको बताईएको छ ।

बाणगंगा नगरपालिका अन्तर्गत बुद्धरागंशाला,चक्रपथ निर्माण,बाणगंगा नदि तटबन्ध निर्माण लगाएतका बिषयबस्तुलाई गुरुयोजनामा समेट्ने योजना रहेपनि समयमै रिपोर्ट नआउदा योजना अलपत्र परिरहेका छन ।यसैगरि अन्य स्थानिय तहमा पनि धार्मिक तथा पर्यटकिय क्षेत्र, संग्रालय, ताल क्षेत्र ,कृषि लगाएतका बिषयबस्तुलाई समेटने गरि गुरुयोजनामा राखिएको छ । मन्त्रालयका अनुसार गुरुयोजनामा सडक, पुल, विद्युत, बसपार्क लगायतका अन्य आवश्यक सहरी सुविधासहित योजना बन्ने बताइएको छ ।