श्रोता समुहको पहलमा बसन्तपुर स्वास्थ्य इकाईमा निःशुल्क औषधीको सुचि टाँस

बसन्तपुर रेडियो श्रोता समुहको पहलमा मनहरी गाउपालिका वडा नम्वर ५ बसन्तपुरमा रहेको बसन्तपुर स्वास्थ्य ईकाईमा स्वास्थ्य एकाईबाट प्रदान गरिने निःशुल्क औषधीको नामसहितको सुचि टाँस भएको छ ।

मनहरी गाउपालिका वडा नम्वर ५ बसन्तपुरमा बसन्तपुर स्वास्थ्य एकाईबाट नेपाल सरकारको नियम अनुसार निःशुल्क औषधीहरु प्रवाह भैरहेका छन् । निःशुल्क औषधीको नाम सहितको सुचि टाँससँगै स्वास्थ्य इकाईबाट प्रवाह हुने सेवा र औषधीको नाम टाँस गरिएको हो ।

स्वास्थ्य एकाई नजिक नजिक छ अव त झन स्वास्थ्य इकाईबाट दिने सेवा र औषधीको सुचि टाँस भएपछि अझै धेरै सहजता आउछ भन्नुहुन्छ बसन्तपुर एलड्यागका सदस्य बर्षा राना मगर । स्वास्थ्य एकाईबाट अहिले प्रवाह भईरहेको ३८ थरिका औषधीको नाम टाँस गरिएको छ । बसन्तपुर रेडियो श्रोता समुहका सदस्यहरुले औषधीको विस्तृत विवरणसहितको सुचि टाँस गर्न भाद्र ९ गते स्वास्थ्य इकाईको कार्यालय प्रमुख मनोज विष्टलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण बुझाईसके पछि पनि समुहको सदस्यहरु निशुल्क औषधीको सुचि टाँस भएको नभएको हेर्न गईरहेका थिए ।

समुहका सदस्यहरु भन्छन् हामीलाई एकदमै खुसी लागेको छ, हाम्रो पहलले स्वास्थ्य इकाईबाट प्रवाह हुने सेवा र औषधीको नाम टाँस भयो अब सबैले हेर्न सक्छन सेवा सुविधाको बारेमा । अब विद्यालयबाट कोहि कोहि विरामी नभई जाने विद्याथीको अनियमिता रोक्नलाई विद्यालयको समन्वयमा समस्या समाधान गर्न बाकि छ । विरामी नभई जादा औषधी यसै जान्छ त्यसैले अव विरामी भएर जानेलाई विद्यालयसंग बसेर कुरा गर्ने समुहको सदस्यहरुले बताएका छन् ।