कपिलवस्तुको बाणगंगमा सार्वजानिक सुनुवाई ,जनप्रतिनिधि भन्छन: जनताबाट आएका गुनासाहरु क्रमश सम्बोधन हुन्छन 

Mar 12, 2021

बिकास थापा कपिलवस्तु फाल्गुण २८ ।
जनताबाट आएका गुनासाहरु क्रमश सम्बोधन गर्दै अघि बढिरहेको कपिलवस्तु बाणगंगाका जनप्रतिनिधि र कर्मचारीहरुले बताएका छन । नेपाल पत्रकार महासंघ कपिलवस्तुको प्राविधिक सहयोग र नगरपालिकाको आयोजनामा भएको सार्बजानिक सुनुवाई कार्यक्रममा नगरबासीका सवालहरुको जवाफ दिदै जनप्रतिनिधि संगै कर्मचारीहरुले यस्तो बताएका हुन । सेवाग्राहीको उत्तर दिँदै नगरप्रमुख मंगल प्रसाद थारुले सबैका सवालहरुमै केन्द्रित रहदै काम गरिएको र बिशेष योजना र कार्यक्रमका प्याकेजका साथमा अघि बढिरहेको बताउनुभएको छ । नदी कटान भएका वडाहरुको संरक्षणका लागि हरेक बर्ष नै लगानी गरिरहेको भन्दै नगरपालिकाका सेवा सुबिधालाई प्रभाबकारी ढंगबाट सञ्चालन गरिएको बताउनुभयो ।

No description available.
कार्यक्रममा बोल्दै नगरउपप्रमुख चक्रपाणी अर्याललएक पालिका एक औद्योगिक ग्राम अवधारणका लागि वडा नं ९ भलवाडमा औद्योगिक ग्राम बनाउनका लागि स्विकृत भएको बताउनुभयो । यस्तै फोहोरमैलाका लागि डम्पिङ साईटका लागि हरेक बर्ष बजेट बिनियोजन गरेपनि जग्गाको ब्यवस्थापन नहुदा यस कार्यबाट चुकेको उहाको भनाई छ । यता नगरबासीहरुले यस वर्ष देशकै उत्कृष्ठ नगरपालिका घोषण भएको स्थानीय तहले राजमार्ग किनार वाणगंगा नदीमा डम्पिङ साईट संचालन भएकोमा विरोध गरेका थिए ।

No description available.कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ कपिलवस्तुका महासचिव मनोज पौडेलले प्राचिन भागिरथी नदी जस्तो पवित्र स्थलमा फोहर फाल्दा नगरपालिका कै गरिमा घटेको बताउनु भयो । नगरपालिकामा उद्योग ग्राम निर्माण गर्न, राजस्व कम गर्न , शिक्षा स्वास्थ्य र खेलकुदका योजनामा प्राथमिता दिनु पर्नेमा जोड दिएका थिए । यस्तै महिला स्वारोजगारका लागि बिभिन्न योजनाका साथमा कार्यक्रम ल्याउनपर्ने भन्दै लैगिंक हिसा न्यूनिकरणका लागि पनि समयमै सोचेर अघि बढ्न सुझाब दिएका थिए । यसैगरि नदि कटान भएका वडाहरुका लागि लगानी गनुपर्ने ,बिकास निर्माणका कार्यमा सबै वर्गको सहभागिता गराउनुपर्ने ,भौगोलिक र जनसख्याका आधारमा बजेट बिनियोजन गनुपर्ने ,करको दर घटाउनुपर्ने लगाएका बिषयमा पनि सवाल उठाएका थिए ।

No description available.कार्यक्रममा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम भट्राई , वडा नं ८ का वडा अध्यक्ष गुणनिधि भूषाल ,प्रशासन शाखा केशबराज भट्राई ,योजना शाखा प्रमुख शान्तराज आचार्य ,लेखा शाखा प्रमुख रामचन्द्र मरासिनी ,कृषि ,स्वास्थ्य ,र पशु शाखा प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भूषालको अध्यक्षता ,उपाध्यक्ष पार्बती पाण्डेको सञ्चालनमा भएको नागरिक प्रतिवेदन र बर्हिगमन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।