कोभिडसँगै कालो ढुसीको खतराबाट बचौँ र बचाउँ

Jun 10, 2021

(डाक्टर गरिमा श्रेष्ठको भनाईहरु भिडियोमा)

मेरो रिपोर्ट जेठ २६ – ब्ल्याक फंगस कालो ढुसीको समस्या भारत र नेपालमा पनि देखिएको छ । यो म्यूकोमाइक्रोसिस नाउँको ढुसीबाट हुने संक्रमण हो । कालो ढुसीले सताएपछि नाकको मात्थिलो भागमा कालो दाग हुने, छाला को रंग जाने, धमिलो देखिने वा दृष्टी भ्रमको समस्या हुनसक्छ । छाती दुख्ने, सास फेर्न अप्ठयारो हुने र खोख्दा रगत आउने समस्या पनि देखिनसक्छ । यस्तो ढुसी सामान्यतया माटो, हावा र मानिससँगै पनि हुन्छ । यसलाई हाम्रो रोग प्रतिरोधी क्षमताले जितुन्जेल यो नियन्त्रणमै रहन्छ । मानिसहरु वातावरणमा फÞंगल बीजाणु को सम्र्पकमा आएपछि यसले समात्छ । छालामा विभिन्न प्रकारका घाऊ, खटिरा वा चोटका माध्यमबाट पनि प्रवेश गर्दछ र छालामै कालो ढुसी फैलिन्छ ।
कालो ढुसीको संक्रमण कोभिड संक्रमित तथा संक्रमण भएर ठीक भैसकेका व्यक्तिहरुमा बढि देखिएको छ । मधुमेह वा क्यान्सर भएका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति, रोग प्रतिरोधक क्षमता कम भएका व्यक्तिका साथै पाको उमेरका व्यक्तिमा संक्रमणको बढी जोखिम देखिन्छ । कालो ढुसीको संक्रमणले दिमाग तथा फोक्सोलाई पनि असर गर्नुका साथै जीवनलाई नै जोखिममा पार्नसक्छ ।
रोग प्रतिरोधक क्षमता विकास गर्ने औषधिको अधिक सेवन र हुमिडिफाइड अक्सिजन को लामो समय प्रयोग गर्दापनि यो संक्रमण तीब्र गतिमा फ्रलिनसक्छ । विज्ञहरुका अनुसार मधुमेहका रोगी यो संक्रमणको बढि जोखिममा छ्न् । हुन त, कालो ढुसी अतिदुर्लभ प्रवृत्ति भएको स्वास्थ्य समस्या हो । वितको दशकमा यस्तो संक्रमणका केही घटनाहरू मात्रै देखापरेका थिए । गएको महिनादेखि अहिलेसम्मा भातमा ९ हजारभन्दा बढी बिरामी देखारेका छन । पछिल्लो समय नेपालमा पनि कोलो ढुसी संक्रमण भएका बीरामीहरु देखिन थालेका छन् । त्यसैले सावधान हुनु जरुरी छ । गतवर्ष भारतको गुजरात र दिल्लीमा केही संक्रमण देखिएको थियो तर अहिले भारतभरी नै यो फैलिएको छ । त्यस्ते नेपालको सीमाक्षेत्रमा पनि यो समस्या देखिएको छ ।


ब्ल्याक फंगस बाट आफूलाई सुरक्षित राख्ने केही उपाय
1 डाक्टरसँग सल्लाह नलिई रोगप्रतिरोधक (स्टेरियोड्स्) औषधिकाप्रयोग नगरौँ ।
2 डायबिटिज÷मधुमेह भएका व्यक्तहरूले, कोभिड भएका वा कोभिड ठिक भएका व्यक्तिहरुले आफ्नो डायबिटिज वा सुगरको मात्रालाई नियन्त्रण गरौँ ।
3 अक्सिजन प्रयोग गर्दा सफा र शुद्ध पानी प्रयोग गरौँ ।
4 मास्क को अनिवार्य प्रयोग गर्नुकासाथै हाथ खुट्टा खुल्ला नहुने अथवा पुरै बाउला भएको कपडा र हाथ खुट्टा बन्द हुने गरी लुगा लगाउँ ।
5 बाहिर निस्किंदा, वा खेतबारीमा काम गर्दा माटोको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिले पञ्जाको प्रयोग गरौँ ।

सावधानीका उपाय उपनाउँ शंका लागे तुरुन्त स्वास्थ्य संस्था जाउँ । #MeroReport