डडेल्धुराका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दै ।।


डडेल्धुराका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालेपछि यस क्षेत्रका काँक्रा उत्पादक किसानहरु हर्षित बनेका छन् ।
चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् । तराईमा भन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ ।
बेमौसमी काँक्राबाट तीन महिनाको अवधिमा एक लाखदेखि दुई लाखसम्म आम्दानी हुने गरेको अमरगढी–२ का पार्वतीदेवी बोहराले बताएकि छन ।
अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु र परशुुराम नगरपालिकाको चिस्यान कम हुने क्षेत्रमा किसानले बेमौसमी काँक्रा खेती गर्न थालेका छन् । काँक्रा बिक्री गर्नमा बजारको समस्या छैन ।
किसानले प्रतिकिलो काँक्रा २० देखि ३० सम्ममा बिक्री गर्ने गरेका छन् । सरकारी तथा गैरसरकारी संघ–संस्थाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि बेमौसमी काँक्रा खेती गर्ने किसानको संख्यामा वृद्धि हुँदै गइरहेको अमरगढी कृषि विकास शाखाका अधिकृत टेकबहादुर बिष्टले बताएका छन् ।