बालमैत्री विपद् जोखिम न्यूनिकरणसम्बन्धी अन्तरक्रिया

Feb 6, 2019

अछाम, माघ २३

मेल्लेख गाँउपालिका वडा नं ३ ठाटीमा वालमैत्री विपद् जोखिम न्यूनिकरण र स्थानीय अवस्था सम्बन्धमा एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आस्था नेपाल, नेपाल विपद परियोजनाको आयोजना वल्र्ड भिजनको सहयोग र वडा कार्यालयको समन्वयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । नेपाल विपद् जोखिम न्यूनिकरण परियोजना अधिकृत मनिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष केशर शाह रहनु भएकोथियो ।

कार्यक्रममा वालमैत्री जोखिम न्यूनिकरणका लागि वडा सरकारले वास्तविक जोखिम तथा संकटासन्न भएको क्षेत्रको पहिचाहन गरी दिर्घकालिन समाधानका लागि वार्षिक नीति तथा कार्यक्रम समावेश तयार गर्ने विषयमा छलफल भएको थियो । वडामा रहेका विद्यालय र वडा कार्यालयको सहयोगमा विपद् जोखिम न्यूनिकरणका लागि जनचेतना मुलक कार्यक्रम र विद्यालय र वडा कार्यालयमा जनचेतना मूलक अभिमूखिकरण तालिम सञ्चालन गर्ने सरोकारवालाले साझा प्रतिवद्वता जनाएका छन् ।

अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष केशर बहादुर शाह, गाउँ कार्यपालिका सदस्य नरेन्द्र नेपाली, वडा सदस्यहरु, पार्टी प्रतिनिधि, वडा स्थित विव्यस अध्यक्ष, प्रअ, विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहिजरण नेपाल विपद जोखिम न्यूनिकरण परियोजना अधिकृत मनिराज पाण्डे, विपद् जोखिम न्यूनिकरण परियोजना शिक्षा फोकल पर्सन गणेश रेग्गी, रेडियो जनप्रियका कालू बोहरा र स्पोन्सरसिप परियोजनाका सामाजिक सहजकर्ता खकेन्द्र तिमिल्सेनाले गर्नु भएको थियो ।