लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान घोडाघोडीमा सुरु 

Nov 25, 2019

वीरेन्द्र शाह,मसिंर ०९ सुख्खड,
समानताको पुस्ता, बलात्कार बिरुद्धको ऐक्याबद्धता भन्ने मुल नाराका साथ मंगलबारबाट देशभर २८ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । जस अन्तर्गत कैलालीको घोडाघोडी नगर सरकारले पनि हिंसा बिरुद्धको अभियान शुरु गरेको छ । अभियानको उद्घाटन गर्दै नगर उप–प्रमुख प्रेम कुमारी थापाले समुदायमा लैंगिक बिभेद अझै हट्न नसकेको भन्दै त्यसको अन्त्यका लागि नगर सरकार लागि परेको बताईन ।

घोडाघोडी नगर सरकारको सहयोगमा नगर स्तरीय युवा संजाल र हाईवे संचारिका महिला समुहले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले हिंसा बिरुद्धको अभियान नारा र कार्यक्रममा मात्रै सिमित नभई प्रभावकारी र उपलब्धी मुलक हुनु पर्ने कुरामा जोड दिएका थिए । सुखडमा उद्घाटन गरिएको यो अभियान नगरपालिकाका १२ वटै वडामा बिभिन्न अन्तरक्रिया तथा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिने बताईएको छ । जनप्रतिनिधीहरु नगरका ग्रामिण क्षेत्रमा पुगी हिंसाको अवस्थाका बारेमा अध्यन गर्नुपर्ने पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशकी उपाध्यक्ष चाँदनी आचार्यको भनाई छ ।

नागरिकको सचेतना अभिबृद्धीले बिगतको तुलनामा हिंसाको घटनामा कमी आएको तर घटना बाहिरिने क्रम बढेको महिला अधिकारकर्मी साबित्रा आचार्य बताउछिन । कार्यक्रम समपुर्ण नगरबासीको भएको भन्दै उनले सबै नगरबासीहरुले हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्दै हिंसा न्युनिकरणमा महत्वपुर्ण पहल गर्नुपर्ने उनको धारणा छ । पितृसतात्मक सोच रहेको नेपाली समाजमा बिभेद रहित समाज निर्माणका लागि लैंगिक हिंसा बिरुद्धको अभियान उपलब्धीमुलक बनाउन जरुरी देखिएको छ । बिभेद र हिंसाका कारण शारिरिक, मानसिक, आर्थिक र समाजिक समस्याहरु भोग्न बाध्य नागरिकहरुलाई यो अभियानले सामाजिक न्याको वातावरण तयार गर्न सघाउ पुग्ने बिश्वास गर्न सकिन्छ ।