नागरिक सवालमा नागरिक र स्थानीय सरकारबीच अन्तर्कृया

पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत नागरिक सवालमा नागरिक तथा स्थानीय सरकारबीच बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रममा नागरिक, नागरिक समाज, आमसंचार माध्य तथा स्थानीय सरकारको जनप्रतिनिधी विचमा छलफल भएको हो ।

अन्र्तक्रिया कार्यक्रममा नागरिक समाज, आमसंचार माध्यमको तर्फबाट आजको बर्तमान अवस्था तथा अबका दिनमा प्रभावकारी सहकार्यका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । नागरिक समाज, आमसंचार माध्यम पनि नागरिक कै पक्षमा बोल्ने र स्थानिय सरकारले पनि आम नागरिककै लागि कार्य गर्ने भएकोले अवका दिनमा कसरी कार्य गर्दा सहज र सजिलो हुन्छ भन्ने विषयमा छलफल भएको थियो । छलफमा नागरिक समाजको तर्फबाट जनजाति महासंघ अध्यक्ष तीर्थ बहादुर तामाङ तथा आमसंचारको क्षेत्रबाट संचारकर्मी शुभलक्ष्मी विश्वकर्माले प्रस्तुतीकरण गर्नु भएको थियो ।

आम नागरिकको तर्फबाट श्रीकृष्ण ढकालले हेटौडा अस्पतालमा टिकटको व्यवस्थापन तथा अन्य सेवाको विषयमा कुरा उठाउनु भएको थियो जसमा हेटौडा अस्पतालका प्रतिनिधी प्रकाश पौडेलले टिकट, औषधी तथा अन्य सेवामा पनि क्रमश सुधार आएको र अझै सुधारको लागि कार्य गर्ने तयारी रहेको बताउनुभयो । यस्तै, एसिड आक्रमण पिडित विन्ध्यवासिनी कंसाकारले दोसिलाई कडा कारबाहि हुने खालको कानुन बनोस र दोषीलाई कडा सजाय होस जसले गर्दा अरु एसिड आक्रमणमा पर्न नपरोस भनेर आफ्नो भनाई राख्नु भएको थियो । जसमा हेटौडा उपमहानगरपालिकाको उपमेयर मिना लामाले सर्वप्रथम उहाले साहस देखाउनु भएर अघि बढ्नु भएको छ त्यो साहसिक भएको र उहा“लाई सहयोगको लागि माथिल्लो निकायसंंग पनि कुरा राख्ने बताउनुभयो ।

नागरिकको पक्षमा कार्य गरिरहेको माईती नेपालकी माया लामाले पनि स्थानिय तहले कार्य गरिरहेको छ कतिपय समयमा अझै बढि समन्वयको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलालले नागरिक तथा नागरिक समाज तथा स्थानिय नागरिकले संगै अन्र्तक्रिया गर्न आवश्यक रहेको छ । यसरी अन्र्तक्रिया गर्दा एकअर्काको आवश्यकता तथा समन्वयनको बारेमा थाहा हुने बताउनुभयो । कार्यक्रममा हेटौडा उपमहानगरपालिकाको जनप्रतिनिधी, गाउपालिकाको प्रतिनिधी, जिल्ला समन्वय समितीको प्रतिनिधी, आमनागरिक तथा आमसंचार माध्यम गरि ६० भन्दा बढिको उपस्थिती रहेको थियो ।