लेकवेशी साझेदारी मञ्चको बैठक सम्पन्न

Mar 21, 2019

गगन खड्का
७ चैत्र ,सुर्खेत

लेकवेशी नगरपालिकामा संचालित पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत साझेदारी मञ्चको बैठक पालिकाको प्रमुख गगनसिं सुनारको अध्यक्षतमा सम्पन्न भएको छ ।
बैठकमा स्थानिय सभामा उठान भएका कृषि, स्वस्थ्य, शिक्षा, विपद लगायतका सवालहरुको समिक्षा सहित संवोधन गरिएको थियो । बैठकमा अहिलेसम्म स्थानीय सभाले गरेका कामहरुको बारेमा छलफल साथै उठान गरेका सवालहरुको बारेमा समेत छलफल भयको थियो । त्यतै नगरपालिकाले गरेका राम्रा कामहरुको बारेमा पनि छलफल समेत गरियको थियो । यस आ व मा पालिकाले गरेका समग्र विकासको पक्ष तथा नीति, ऐन कानुन, निर्दे्शिको बारेमा सहभागिहरुलाई नगर शिक्षा प्रमुख तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत पहलमान अधिकारीले जानकारी गराय । नगर पशु सेवाका प्रमुख उमादत्त चपाईले पशु बिमाको बारेमा नगरले गरेका कामको बारेका जानकारी गराय । मञ्चका सदस्य महेन्द्र नेपालीले नगरमा न्यायिक समितीले गरेका कामको बारेमा जानकारी र करको बारेमा प्रश्न गरेका थिय । त्यसै गरि नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मञ्चका सदस्य डम्मर बहादुर तिवारीले नगर भित्र संचालन गरिएका ब्यापारीले कर तिर्न पर्ने र नगरले पनि कडाई गर्नु पर्ने बताय । स्थानीय सभाका सहसंयोजक तथा मञ्चका सदस्य निरु थापाले अविभाबक बिहिन बालबालिबाहरुको शिक्षाको लागि नगरले के कस्तो सहयोग गर्छ भन्ने जिज्ञासा राखिन । वडा अध्यक्षहरुले आ आपmनो वडा स्तरमा गरेका कामको समेत समिक्षा गरियो । बैठकमा पॉच बुदे प्रतिबद्धधता समेत जाहेर गरियको छ ।
१. नगरपालिकालाई वित्तिय तथा अन्य क्षेत्रमा सुशासन युक्त बनाउाको लागि सुशासन कार्यबिधि तयार गरी लागर गर्ने ।
२. किसान परिचय पत्र पायका ब्यक्तिहरुको तथ्याङ्क संकलन गरि अनुदानका कार्यक्रमहरुमा प्राथमिकता दिई लागु गर्ने ।
३ .नागरिक वडापत्र वडादेखि नगरपालिकामा अनिबार्य राख्ने ।
४ . सुशासन प्रवद्धन समिति निमार्ण गर्ने ।
५.जनप्रतिनिधिहरु र कर्मचारीहरुले आचार संहिता पालना गर्ने ।
बैठकले पालिकामा हालसम्म स्थानिय सभाबाट आएका सवाल तथा संवोधन भएका सवालहरुको सार्वजनिकीकरण गरियको थियो । बैठकको अन्तमा संयोजक सुनारले जाहेर गरेका प्रतिबद्धधताहरु पुरा गर्ने र सहकार्य गरेर काम गर्ने बताय । मञ्चको बैठकमा जम्मा ३८ जना महिला ११ जना र पुरुष २७ जना को उपस्थिति रहेको थियो ।