काभ्रेमा जमिनमाथि महिलाको स्वामित्व बढ्दै

Jan 10, 2019

ज्योति श्रेष्ठ
काभ्रे, पुस २७

जिल्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै गएसँगै राजस्व संकलनमा पनि बृद्धि भएको पाईएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिदिएको हुनाले जमिनमा महिलाको पहुँच बढ्दै गएको हो ।

मालपोत कार्यालय काभ्रेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४को तुलनामा आ.व ७४/७५मा जमिनमा महिलाको स्वामित्व पहिलेको तुलनामा बृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा महिलाहरुको नाममा जग्गा पास गर्नेको सङ्ख्या ६ हजार ३ सय ९३ थियो  भने आ.व२०७४/७५मा ३ सय ९ सङख्या बृद्धि भई ६ हजार ६ सय ४८ महिलाहरुको नाममा जग्गा पास भएको कार्यालयको तथ्याङ्कमा छ ।

काभ्रेमा जमिनमा महिलाको पहुच आर्थिक वर्ष २०७३/७४भन्दा आ.व २०७४/७५मा ०.५ प्रतिशतले बृद्धि भएको उल्लेखित तथ्याङकलाई त’लना गर्दा देखिएको छ ।

मालपोत कार्यालय काभ्रेले ३४ करोड ३९ लाख ८५ हजार १सय ३० रुपैँया राजस्व घर जग्गा रजिस्ट्रेसन दस्तुरबाट आ.व ७३/७४मा संकलन गरेको थियो । त्यस्तैगरी महिलाको नाममा पास भएका जमिनबाट सरकारले दिएको २५ प्रतिशत छुटबाट कार्यालयले ४ करोड २८ लाख ३२ हजार ८ सय ४६ रुपैँया आ.व ७३/७४मा कार्यालयले संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७४/७५को तथ्याङकलाई हेर्दा मालपोत कार्यालय काभ्रेले ६६ करोड ३४ लाख ९९ हजार ९ सय ४४ रुपैँया राजस्व घर जग्गा रजिस्ट्रेसन दस्तुरबाट आ.व ७४/७५ मा संकलन गरेको छ । त्यस्तैगरी महिलाको नाममा पास भएका जमिनबाट सरकारले दिएको २५ प्रतिशत छुटबाट कार्यालयले ६ करोड ३२ लाख २६ हजार ५ सय ३९ रुपैँया संकलन गरेको कार्यालयले जानकारी दिएको छ । तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २)७३/७४मा भन्दा आ.व ०७४/७५मा जमिनमा महिलाको पहुँच बृद्धि हुनुको साथै राजस्व संकलनमा पनि बृद्धि भएको तथ्याङकले देखाउँछ ।


जमिनमा महिलाको पहुँच बृद्धि गर्न सरकारले महिलाको लागि २५ प्रतिशत छुटको व्यवस्था गरेको हुनोले जमिनमा महिलाको पहुँँच बढ्दै जानुको साथै राजस्व संकलनमा पनि बृद्धि भएको मालपोत कार्यालय काभ्रेका लेखापाल चतुरबुज तिमिल्सनाले बताउँनुभयो । उहाँले भन्नुभयोे, “मालपोतमा सकंलन भएको राजस्वको एक तिहाई महिलाको नाममा पास भएको जग्गाबाट नै हुने गरेको छ ।”

सरकारले महिलाको नाममा रजिस्ट्रेसन गरेको जग्गा ३ वर्षसम्म बिक्री गर्न पाउने कानुनी व्यवस्था गरेको थियो । गत वर्षबाट सरकारले उक्त व्यवस्था खारेज गरेको छ । अब महिलाको नाममा रजिस्ट्रेसन भएको जग्गा सजिलै किनबेच गर्न मिल्ने भएको कारणले नै अहिले जमिनमा महिलाको स्वामित्व बढ्दै गएको मालपोत कार्यालयका मालपोत अधिकृत जयन्तकुमार भट्टराईले बताउँनभयो ।

जमिनमा  महिलाको पहुँच बढि देखिए पनि महिलाहरु आर्थिक रुपमा अझै सशक्त हुन नसकेको काभ्रेकी कानुन व्यवसायी एवम् महिला अधिकारकर्मी कृष्ण प्यारी नकर्मीले बताउँन’भएको छ । उहाँले भन्नुभयो, “महिलाको नाममा जगा पास गर्नेको सङख्या बृद्धि भन्ने तथ्याङकमा मात्र सिमित छ । महिलाहरु आर्थिक रुपमा अझै सशक्त हुन सकेका छैन । सरकारले रजिस्ट्रेसन शुल्कमा छुट गरिदिएकाले मात्र महिलाको जमिनमा पहुँच बढी देखिएकोे हो । महिलालाई आर्थिक रुपमा सशक्त बनाउन जनचेतनाको आवश्यकता अझै देखिन्छ ।”