नाजुक अवस्थामा मुडा बजारकाे शाैचालय

Sep 8, 2018

बिरेन्द्र शाह,

भाद्र २३, कैलाली

कैलालीको बर्दगाेरिया गाउँपालिका ४ मुडा बजारमा रहेको सार्वजनिक शाैचालयको अवस्था नाजुक रहेकाे छ । केही वर्ष पहिले मुडा बजार बिकास समितीले निमार्ण गरेको उक्त शाैचालयको छाना समेत छैन ।

शाैचालय सरसफाइ, संरक्षण तथा ब्यवस्थापनको अभावमा जिर्ण बन्दै गएको छ भने हिजो आज शाैचालय अत्याधिक फोहर हुँदा प्रयोगमा समेत अाउन छाडेकाे छ ।

मुडा बजारमा शाैचालय निमार्ण भएपछि हर्षित बनेका यात्रु, ब्यापारी तथा स्थानीयबासी भने अहिले हावा चल्दा शाैचालयको दुर्गन्धले सास्ती भाेग्नु परेको बस काउन्टरका कर्मचारी देबेन्द्र शाहीले बताउनुभयाे । बस काउन्टरमा बस कुरिरहेका एक यात्रुले शाैच गर्न शाैचालयमा जाँदा गन्धले गर्दा बान्ता हुने अवस्था सृजना हुन थालेको बताए ।

सार्वजनिक शाैचालयको सरसफाई तथा उचित ब्यवस्थापनमा सम्बन्धित निकाय मुडा बजार विकास समिति तथा वडा नं. ४ को वडा कार्यालयले ध्यान नदिएको स्थानीयबासीको गुनासो रहेको छ ।

बर्दगाेरिया गाउँपालिको फोहर ब्यवस्थापनका लागी गत बर्ष गाउँपालिकाबाट १० लाख रुपैयाँ बिनियोजन भएको र उक्त रकम खर्च गर्ने विषयमा  विवाद सृजना भएपछि शाैचालयको ब्यवस्थापन गर्न नसकेको मुडा बजारमा विकास समितीका अध्यक्ष मिथुन गौतमले बताउनुभयाे । उहाँले शाैचालय सडकको जग्गामा रहेको र सडक बिभागले उठाउने सम्भावना भएकाले यसको बिकल्प खोजिरहेको जानकारी दिनुभयाे ।