युवा समुहले खबरदारी मात्र गर्दैनन् रचनात्मक काम पनि गर्छन!

Feb 14, 2021

फागुन ०२ सुखड- कैलालीमा जिल्लामा गठन भएका युवा समूहले समुदायको हितको लागि वकालतका गर्दै आएका छन् । पारस्परिक जबाफदेहिता परियोजना मार्फत समुदायमा गठन भएका युवा समुहरुले वकालतको साथै सामाजिक जबाफदेहिताका औजारहरूको अभ्यास गरेका छन् । उनीहरूले सार्वजनिक सुनुवाइ,सामाजिक परीक्षण,सार्वजनिक परीक्षण र सूचना माग गर्ने कामहरू गर्दे आएका छन् । र यी अध्यासहरू सम्बन्धित निकायलाई गर्नको लागी दबाब दिने गरेका छन् ।

सुशासन कायम गराउन पनि यस्ता खाले औजारहरूको अध्यास हुँदै आएको छ । विगत ३ वर्ष देखी उनीहरूले समाजको हित हुने विभिन्न कामहरू गर्दे आएका छन् । समूहमा आबद्ध किशोर किशोरीका पदाधीकारीहरुले छलफल,समन्वय सहकार्य गरेर कामहरू गर्दे आएका छन् । रेडियो श्रोता समुह अर्थात् युवा समूहमा आबद्ध नहुँदा पहिला उनीहरूमा यति पनि चेतनाको विकास भएको थिएन । पारस्परिक जबाफदेहिता परियोजनाले गर्दा उनीहरूमा चेतनाको विकासको साथै हरेक कुराहरूमा विकास भएको छ ।

अहिले उनीहरू हरेक कामहरू आफै नेतृत्व लिएर छलफल,वकालतको साथै रचनात्मक कामहरू गरी रहेका छन् । युवा समूहमा आबद्ध भए पछि आफूलाई यति धेरै परिवर्तन भएको महादेव रेडियो श्रोता समूहका अध्यक्ष सृष्टि बमले बताए । “पहिला मलाई दुई चार जनाको सामुन्ने बोल्न धेरे डर लाग्योस ‘हात गोडा काँप्थे । के बोलौँ के बोलौँ हुन्थ्यो । अहिले यस्तो हुन्न” उनले थपिनस आफूमा आएको परिवर्तन यो सब रेडियो श्रोता समुह अर्थात् युवा समूहमा आबद्ध भएर नै भएको बमले बताइन् ।” अहिले बोल्न मात्र हैन नेतृत्व लिन सक्ने क्षमताको विकास भएको समूहमा आबद्ध अर्का सदस्य पुष्कर राज अवस्थिले बताए ।

समूहमा आबद्ध भए पछि गाउँमा कामहरू पनि गरी रहेका छौँ उनले भने समुदाय बाट राम्रो सुझाव, सल्लाह र प्रतिक्रिया पाई रहेका अवस्थिले जानकारी दिए । आफूहरूले यति सम्म गर्ने विकास पारस्परिक जबाफदेहिता परियोजना नै भएको पुष्कर अवस्थि बताउन्छन् । रेडियो कार्यक्रम साझा बोली सुनेर गाउँ ठाउँमा केही गर्नु पर्छ भन्ने कुराको आफूमा विकास भएको उनले बताए ।रेडियो श्रोता समुह अर्थात् युवा समुह गठन भए पछि आफूहरूले समुदायको हितको लागि यति सम्म भए पनि काम गरिरहेको समुह आबद्ध अर्का सदस्य मनोज चौधरीले बताए । पहिला हामीहरूलाई समुदायको हितको लागि वकालत गर्नु पर्छ भन्ने कुरा थाहा थिएनस‘ उनले भने समुह आबद्ध भए पछि नेतृत्व लिने र वकालत गर्ने कुराको विकास भएको चौधरीले बताए । आफूमा मात्र परिवर्तन भएर समूहमा आबद्ध सबै साथीहरूमा केही न केही कुराको विकास भएको उनको बुझाई छ ।

३ वर्षमा महादेव रेडियो श्रोता समूहले गरेका काम

नागरिक समाज :पारस्परिक जबाफदेहिता परियोजना अन्तरगर्त एफ.एम डि.सी.कैलालीले गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरमा महादेव रेडियो श्रोता समुह गठन गरेको थियो । गठन गरेको ३ वर्ष यता युवाहरूले समुदायमा विभिन्न काम गरेका छन् । उनीहरूले भष्टाचार न्यूनीकरणमा आम जनताको भूमिका सम्बन्धमा वडा स्तरीय वक्तृत्व कला कार्यक्रम, वडा भित्रका भौतिक पुर्वधारका योजनाहरूको अनुगमन, बाल दिवस कार्यक्रम, संविधान दिवस, वडा भित्र भएको रिङ्ग रोडको अनुगमन, युवा दिवसमा पूर्व पश्चिम राजमार्गमा परेका खाल्डा खुल्टी पुर्ने र सामुदायिकमा वृक्षारोपण गर्ने काम महादेव रेडियो श्रोता समुह अर्थात् युवा समूहले गरेको छ । त्यति मात्र नभएर वडा भित्र रहेका मसुरीया फुटबल खेलमैदान तटबन्ध, शान्ति टोलमा जीर्ण रहेको होम पाई तटबन्ध, नेपालजंगको तालिम पत्यासत सुचनाको हक प्रयोग गरेर आर्थिक वर्ष २०७५/२०७६ मा खर्च भएका विवरणहरू माग गर्ने काम, कोरोनाको बेला जनचेतना फैलाउने,मास्क पोस्टर वितरण र समूहका सदस्यहरू क्वारेन्टाईमा नियमित खटिर काम समेत उनीहरूले गरेका छन् ।

देखिएका परिवर्तन

पहिला आफ्नो परिचय दिन समेत लाज डर मान्ने युवाहरू अहिले समूहमा आबद्ध भए पछि अहिले उनीहरूमा धेरै परिवर्तन भएको छ । समाजको अगाडि वकालत गर्ने,नेतृत्व लिन सक्ने क्षमतामा उनीहरूको विकास भएको छ । युवाहरूको नियमित सहभागिता , खबरदारीले समाजमा धेरै प्रभाव परेको छ । समूहको दबाब पछि बन्न लागेको सडकमा पुनः ग्राभेल समेत गरीएको छ । वडा नम्बर ८ शंकरपुर चोकदेखि उत्तर दक्षिणतिर कालो पत्रे हुन लागेको सडकको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा ठेकेदार कम्पनीले ग्राभेल पातलो हालेको भन्दै ठेकेदार र वडा अध्यक्षलाई ग्राभेल मोटो हाल्न दबाब दिएका थिए । सक्रिय युवा समूहको दबाब पछि बन्न लागेको सडकमा पुनः ग्राभेल गरीएको थियो । शंकरपुर चोकदेखि उत्तर तिर ८ सय मिटर र दक्षिणतिर ८ सय मिटर सडक कालो पत्रे गर्नको लागी नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । आफ्नो गाउँ घरतिर भई रहेका विकास निमार्णका काममा चासो र निगरानी गर्नु आम नागरिकको महत्त्वपूर्ण दायित्व भएको महादेव रेडियो श्रोता समूहका सहजकर्ता प्रेम जोशीले बताए ।

नगरपालिकाले गर्ने हरेक योजनाहरूमा आम नागरिकले चासो, सहभागिता र निगरानी बढाएको खण्डमा विकास निमार्णका कामहरू गुणस्तर र मजबुत हुने उनको विश्वास छ । रेडियो श्रोता समूहको काम देखेर त्यस क्षेत्रका स्थानीय पनि निकै खुसी भएका छन् । युवाहरूले गर्दा विकास निमार्णका कामहरू गुणस्तरीय र पारदर्शी हुने गरेको स्थानीय बासी ज्ञानु भट्टराईले बताए । यसरी गाउँ ठाउँमा युवाहरू जागे पछि योजनाहरू गुणस्तरीय र पारदर्शी हुने उनको बुझाई छ ।

वडा सँग राम्रो सहकार्य : अध्यक्ष तिवारी
समुदायमा गठन भएका रेडियो श्रोता समुह अर्थात् युवा समूहले पालिका सँग समन्वय सहकार्य गरेर कामहरू गरेका छन् । वडामा हुने हरेक गतिविधिहरूमा उनीहरूको सहभागिता हुने गरेको वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताए । विकास निमार्ण देखी लिएर मानिसलाई चेतनशील बनाउने काम युवाहरूले गरेको उनले बताए ।

समाजमा हुने हरेक गतिविधिहरूमा वडा सँग समन्वय सहकार्य गरेर उनीहरूले काम गरी रहेको हुँदा आफूलाई पनि काम गर्न सहज भएको अध्यक्ष तिवारीले बताएका छन् । युवाहरूले वडा भित्र भएका समस्याहरू वडा कार्यालयमा ल्याउने गरेको र हामीहरूको सहकार्यमा समस्याको समाधानको बाटो खोज्ने काम आफूहरूले गरेको उनले बताए । अमेरिकी अन्तराष्टीय विकास नियोग यु.एस.आ.डी को सहयोगमा सञ्चालित पारस्परिक जबाफदेहिता कार्यक्रमका लागी ँज्क्ष्घटण्, इक्वेल एक्सेसको साझेदारीमा ३४ जिल्लामा यो परियोजना लागु छ ।

रेडियो श्रोता समुहले शंकरपुर चोक देखी उत्तर दक्षिण तिर कालो पत्रे गर्ने बाटोको अनुगमन गरेको थियो । सम्बन्धीत निकायलाई दबाब दिए पछि पुन ः सडकमा ग्राभेल गरीएको थियो ।

रेडियो श्रोता समुहले सामाजिक जबाफदेहीताका औजारहरुको प्रयोग गर्नु पर्यो भनेर नगर प्रमुख भिम देउबालाई ज्ञापन पत्र बुझाउदै

युवा दिवसको अवसरमा पुर्व पश्चिममा परेका खाल्डा खुल्टी पुदै