डडेल्धुराका अभिभावकलाई दौतरी शिक्षा दिइदै

ममता भट्ट

डडेल्धुरा, मङ्सिर १२

सामुदायिक विद्यालयमा अभिभावकहरुको सक्रियता बढाउन राष्ट्रिय प्रारम्भिक कक्षामा अध्ययन गरिरहेका बालवालिकाहरुका अभिभावकहरुलाई दौतरी शिक्षा तालिम दिइदैछ ।

सातवटा सन्देश प्रभाह हुनेगरी अभिभावकहरु लाई दौतरी शिक्षा तालिम दिनका लागि मगंलबारदेखि डडेल्धुराका ७९ वटा विद्यालयका शिक्षक तथा स्रोत व्यक्तिहरुलाई तालिम प्रदान भइरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले जनाएको छ ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाह नेपाली भाषाको पठन सीपलाई दिगो र प्रभावकारी बनाउन अभिभावकहलाई दौत्रीत शिक्षा तालिम आवश्यक रहेको शिक्षा विकास तथा समन्वय कार्यालय डडेल्धुराका निमित्त प्रमुख नारायण भट्टले बताउनुभयाे ।
जिल्लाका २ सय ५१ विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु भएको छ भने ७९ वटा बिद्यालयमा बिद्यालय व्यवस्थापन समिति अनुदान कार्यक्रम लागु भएको छ । ७९ वटा विद्यालयका अभिभावकहरु लाई बिद्यालयमा समान सहभागिता बढाउन सरोकारवाला शिक्षकहरुलाई तालिम सचांलन गरिएको हो ।

अभिभावकहरुलाई तालिम दिनका लागि सोही विद्यालयका ईजिआर शिक्षकहरुलाई तालिम प्रदान भईरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला सयोजक कृष्ण बोहराले बताउनुभयाे । शिक्षकले तालिम पाईसकेपछि आफ्ना विद्यालयसँग सम्बन्धित प्रारम्भिक कक्षाका २५ अभिभावकलाई दौतारी शिक्षा तालिम दिनुपर्ने उहाँले बताउनुभयाे । शैक्षिक गुणस्तर न्युन रहेका जिल्लामा ७९ वटा विद्यालयहरु रहेका छन् ।

पढाइमा अति कमजोर र लक्षित समुदाय दलित, जनजाती, राउटे, आदिवासीका बालबालिका अध्ययनरत १ देखि ३ कक्षा सम्मको शैक्षिक गुणस्तर न्युन रहेकाे आधारमा ति बिद्यालयहरु छनौट गरी विद्यालय व्यवस्थापन समिति अनुदान दिइएको राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रमले जनाएको छ ।

सोही विद्यालय र अन्य सबैमा अभिभावकहरुको सक्रियता बढाउनका लागि समेत दौत्रीत शिक्षा तालिम प्रभावकारी रहने तालिममा सहभागि शिक्षकहरुले जनाएका छन् । तालिम पश्चात प्रारम्भिक कक्षाका अभिभावकहरुले बालवालिकालाई निरन्तर विद्यालय पठाउनु पर्ने, घर तथा कक्षाकोठामा पढाइ कुना निर्माण, नियमित विद्यालय अनुगमन, समाजमा अध्ययन केन्द्र निर्माणका साथै पढाइऽ घर तथा समाजमा पढाइ वतावरण तयार पर्नुपर्ने वारेमा जानकारी पाएको सहभागी शिक्षकहरुले बताएका छन् ।

७९ विद्यालयहलाई रु दुई लाखका दरले विव्यस अनुदान प्रदान गरिने र अन्य विध्यालयमा पनि अभिभावकहरुका लागि दौतरी शिक्षा कार्यक्रम सचांलनमा रहेको लुनिभा वालसरोकार समूह फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।

बालवालिकाको पढाइलाई दिगो र प्रभावकारी बनाउन अभिभावकहरुको विद्यालयमा समान सहभागिता गराउनका लागि उनिहरुलाई तालिम दिनुपर्ने जरुरी रहेको लुनिभा अन्तर्गत रहेको ईजिआर कार्यमका जिल्ला संयोजक हर्क ऐरले बताए । जिल्लाका सवै बालवालिकाको पढाइ क्षमता विकास गर्नका लागि अभिभाकलाई दौत्तरी शिक्षा, बिद्यालय व्यवस्थापन समितिलाई अनुदान, विद्यालय सुधार योजना अध्यावधिक जस्ता कार्य भइरहेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय डडेल्धुराका निमित्त प्रमुख भट्टले बताए ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन र दिगोपनाका सात वटै स्थानीय तहमा रहेका विध्यालयहरुमा दौतरी शिक्षा र अन्य विध्यालय तथा समुदाय स्तरीय गतिविधीहरु भईरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सचांलन गरिरहेको लुनिभा बालसरोकार समुह डडेल्धुराले जनाएको छ ।