सिन्धुली अस्पतालमा टोकन प्रणाली लागु

कमल सरला सुनुवार

फागुन १२ सिन्धुली

छिटोछरितो तरिका बाट उपचार सेवादिने उदेश्यले आइताबार देखि सिन्धुली अस्पतालमा बिधुतिय टोकन प्रणालीको माध्यम बाट सेवा सुचारु भएको छ । सेवा सुचारु भएपछि आईताबार देखि सिन्धुली अस्पतालमा आउने बिरामीहरुले टोकन प्रणालीको माध्यमबाट उपचार सेवा लिएका छन् ।

घन्टौ सम्म लाईनमा बसेर बिरामीको पुर्जा लिन र डाक्टर भेट्न पालो कुर्नु पर्ने बाध्यताले हैरान भएको गुनासो ,सेवाग्राही बाट आएपछि सेवालाई सहज बनाउन सिन्धुली अस्पतालले साडे ३ लाख बजेको खर्च गरी बिधुतिय प्रणाली बाट सेवा सुचारु गर्न सफल भएको सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोख्रेलले बताउनु भयो । यो प्रणाली लागु भएसंगै अब सिन्धुली अस्पतालमा आउने बिरामीहरुले घण्टौँ सम्म लाईनमा बस्नु पर्ने झन्झट हटेको उहाँको भनाई छ  ।

अब सिन्धुली अस्पतालमा आउने बिरामीहरुले टोकन नम्बर लिएर क्रमस आफ्नो टोकन  नम्बर अनुसार सहज तरिकाले बिरामीको पुर्जा लिन पाउने छन् । अडियो आवाजको माध्यम बाट प्रत्येक बिरामीहरुलाई आफ्नो सिरियल नम्बर अनुसार पालैपालो काउन्टरमा बोलाईनेछ । अडियोको आवाज संगै बिरामीहरुले बिधुतिय पाटीमा सिरियल नम्बरहेर्न सक्ने छन् । त्यसैगरी सम्बन्धित डाक्टरलाई भेट्न बिरामीले अडियो सुन्न र बिधुतिय पाटीमा आफ्नो टोकन नम्बर हेरि पालैपालो सेवालिन सक्ने ब्यबस्था मिलाईएको छ ।