मार्च ८ मा महिला माथि हुने हिंसा विरुद्ध ऐक्यवद्धता स्वरुप भनौं ‘म बोल्छु’

Feb 27, 2018

तपाँईहामीले देखेभोगेकै कुरा हो-घरपरिवारभित्र, छरछिमेक वा समुदायमा, कामगर्ने ठाउँमा, सार्वजनिक यातायातमा तथा सामाजिक संजालमा, महिलाको ईच्छा विपरित हेप्ने-होच्याउँने, छुने, दुर्व्यवहार गर्ने, अश्लिल कुराकानी गर्न खोज्ने वा अश्लिल संकेत गर्ने कृयाकलापहरु भई नै रहेका देखिन्छन् ।

झट्ट हेर्दा हामीलाई ति कृयाकलाप हिजो पनि भएकै थिए, आजपनि भैराखेकै छन् झैं लाग्छ तर त्यो ठाउँमा आफू महिला भएर वा आफ्नो एकदमै प्रिय महिला साथी वा नातेदारलाई तुलना गरेर हेर्नुस् त ! त्यसले उहाँलाई कत्तिको मानसिक यातना दिएको होला !

यसरी आफ्नै घरपरिवार, समुदाय अथवा समाजमा महिलाको ईच्छा विपरित हुने कुनै पनि प्रकारको शारिरिक, मानसिक, आर्थिक एवं यौनजन्य दुर्व्यवहार र विभेदकारी सामाजिक काम नै महिला माथिको हिंसा हो ।

यदि तपाँई महिला माथिको हिंसालाई अपराध ठान्नुहुन्छ र गतिशिल समाजमा यस्तो खालको अपराध हुनुहुँदैन भन्ने ठान्नुहुन्छ भने अब तपाँईले बोल्नुपर्छ ।

महिला माथिको हिंसा बिरुद्ध बोल्न चाहनुहुन्छ भने यहि फागुन २४ गते बिहिबार अर्थात मार्च ८ का दिन विहान ८ बजेदेखि दिउसो १ बजेसम्म निशुल्क फोन नम्बर १६६००१००४५९ मा फोन गरेर भन्नुस्-‘म बोल्छु

तपाँईका यी दुई शब्द महिलामाथि हुने हिंसाविरुद्ध तपाँईको प्रतिवद्धता तथा ऐक्यवद्धता हुनेछ ।