घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने पर्यटकहरुको संख्यामा बृद्धि (फोटो)

Jul 3, 2018

सार १९ । कैलाली  । पछिल्लो समय कैलालीको घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने पर्यटहरुको संख्यामा बृद्धि भएको छ ।घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरमण मञ्च नेपालको तथाङ्क अनुसार घुम्न आउने पर्यटहरुको संख्यामा बृद्धि भएको हो । यो वर्षको बैशाख देखि असार १९ गते सम्म १ लाख २७ हजारले पर्यटकहरुले घोडाघोडी ताल क्षेत्रमा अवलोक गरेको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरमण मञ्च नेपालले बताएको छ । बैशाख महिनामा ६६ हजार ५ सय,जेष्ठ महिनामा ४२ हजार र असार १९ गते सम्म १८ हजार ५ सयले अवलोक गरेका छन । रामसार सुचिमा घोडाघोडी ताल क्षेत्रमा आन्तरीक  र बाहय पर्यटकहरु घुम्म आउने गरेको संरक्षक पदम प्रसाद ढकालले बताउनुभयो । 

फोटोहरु :