सामाजिक कुरीति घरेलु हिंसा र आत्महत्या न्यूनिकरणका लागि सचेतना कार्यक्रम 

Jan 27, 2021

बिकास थापा ,कपिलवस्तु माघ १४ ।
सामाजिक कुरीति घरेलु हिंसा र आत्महत्या न्यूनिकरणका लागि कपिलवस्तुमा शुरु भएको २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र सञ्चारिका समूह लुम्बिनीको समन्वयमा माघ १२ गते देखी बाणगंगाको पिस हिमालय रिसोर्टमा कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा उठाईएका छलफलका बिषयबाट प्रदेशमा निति नियम र कानुन निर्माणमा टेवा पु¥याउन र समाजमा रहेका सामाजिक कुरीति घरेलु हिंसा र आत्महत्या न्यूनिकरणका कसरी गर्ने ,के गर्ने लगाएतका बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब केदार कोईराला, मन्त्रालयका कानुन अधिकृत अमिता खनाल, कपिलवस्तु जिल्लाका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी, सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष पार्बती पाण्डे, महासचिब अमृता अनमोलले सामाजिक कुरुती घरेलु हिंसा र आत्महत्या दुरुत्साहन न्यूनिकरणमा सुरक्षा निकायको भूमिका तथा सेवा, यस्ताा घटनाहरुका लागि कानुनमा भएका ब्यवस्था, ऐन, दफा, समग्र कपिलवस्तुको अवस्था लगाएतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

यस्तै कार्यक्रममा धर्मगुरुले जातिय छुवाछुत, बोक्सी प्रथा, बालबिबाह लगाएतका बिषयमा मुश्लिम समुदायको धर्म र संस्कृतिमा लेखिएका बिषयबस्तु बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा आआफ्नो धारणा राख्दै शिबराज नगरपालिकाका उपप्रमुख शिबकुमारी थारु, मायादेबी गाउँपालिकाका उपाध्यक्ष गिता तिवारी, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई एकल महिला संघ कपिलवस्तुकी अध्यक्ष रुपादेबी राई लगाएतले बोल्दै हिंसा रहित समाज निर्माणका लागि सबै आआफ्नो ठाउँहरुबाट लाग्नुपर्नेमा जोड दिदै महिला बालबालिका, ज्येष्ठ नागरिक, बिपन्न बर्गका मुद्दामा गम्भिर भएर काम गर्नुपर्ने बताउनुभएको छ ।