अजयमेरु गाउँपालिकाको वडा नम्बर १ लाई बालमैत्री बनाउन पहल सुरु

डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं १ लाई बाल मैत्री वडा घोषणा गर्न स्थानीयस्तरबाट पहल सुरु भएको छ । वडाभित्र रहेका सम्पुर्ण बाल विकास केन्द्र, विद्यालय, समुदाय, स्वास्थ्य चौकी लगायतका सरोकारवाला कार्यालयहरुमा बालमैत्री वातावरण सिर्जना भएको हुँदा बालमैत्री वडा घोषणाको पहल सुरु भएको हो ।
वाल मैत्री वडा घोषणा गर्नका लागि आवश्यक पर्ने सुचकहरु पुरा भएकाले अजयमेरुको वडा नं १ लाई बालमैत्री वडा घोषणा गर्नका लागि पहल सुरु भएको वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए ।
साविकको समैजी गाविस र हालको अजयमैरु गाउपालिका १ नं वडालाई २०६८ साल देखि नै बालमैत्री वडा घोषणा गर्नका लागि तयारी गरिएको भएपनि बिचमा विविध कारणले रोकिन गएको थियो ।
हाल आएर पुनः बालमैत्री वडा घोषणाका लागि विभिन्न सुचकहरुका बारेमा अनुगमन गरिएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले जानकारी दिए । 
वडा नं १ का सबै विद्यालय र आमा समुह, वाल विकास कक्षा, बालवालिकाले गठन गरेको निगरानी समुह र समुदायमा रहेको वालवालिकाहरुको पढाईको अवस्था, बालमैत्री वतावरण, स्वास्थ्य अवस्था, खोप र कुपोषणका अवस्था, नवजात शिशुका स्तनपानका कुराहरुका बारेमा समेत अनुगमन गर्दा सुचकहरुले भ्याउने भएकाले बालमैत्री वडा घोषणाका लागि तयारी गर्न वडालाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताए ।
वडा नं १ का विभिन्न स्थानमा पुगी सरोकारवाला सस्थाका पदाधिकारी र जनप्रतिनिधीहरु र विषयगत कार्यालयका प्रमुखहरुले आफ्नो क्षेत्रको अनुगमन निरिक्षण गरि वडाका तर्फबाट गाउँपालिकालाई प्रतिवेदन मार्फत तोकिएका सुचकहरुका बारेमा जानकारी गराएका छन ।
स्वास्थ्य, खानेपानी, विद्यालय र घरकोे वाल मैत्री वातावरण, विद्यालयमा छात्रछात्राको छुट्टै शौचालयको व्यवस्था भएको र बालमैत्री धारा जडान गरी खानेपानी निर्माण गरिएको, कक्षा कोठामा बालमैत्री वातावरणमा शिक्षण गर्ने गरेको पाईएको फोकल व्यक्ति रतन ऐरले जानकारी दिए । अन्य सबै सुचकहरुको मात्रा पुगेको भएपनि नवजात शिशुले पुर्ण स्थानपान गर्न नपाएको देखिएको छ भने सुचकका आधारमा सम्पुर्ण गर्भवती आमाले स्वास्थ्य सस्थामा गई दक्ष चिकित्सकबाट मात्रै बच्चा जन्माउनुपर्ने भएतापनि वडामा भने केहि महिलाले असुरक्षित रुपमा घरमा नै बच्चा जन्माएको पाईएको छ । सुचकका आधारमा अपुरा कार्यहरु पुरा गरी चाँडै वडालाई वालमैत्री वडा घोषणा गरिने वडाध्यक्ष भण्डारीले जानकारी दिए ।