काभ्रेमा युरिया मलको अभावः युरिया मलकाे विलल्पमा अरू मल प्रयाेग गर्न कृषि विज्ञकाे सुझाव

Aug 5, 2020

काभ्रेमा युरिया मलको अभाव हुन थालेको छ । धान रोप्ने तथा गोडमेल गर्ने समयमा युरिया मलको अभाब हुन थालेपछि किसानहरु चिन्तित बनेका छन् । धान, मकै तथा तरकारीमा युरिया मल हाल्नुपर्ने भएपनि मल बितरण गर्ने निकायमा युरीया मल अभाव भएको हो । जिल्लाका स्थानीय तहहले भने साउनको अन्तिम नभइ मल आउने सम्भाव नभएको बताएका छन् । रोशी गाउँपालिकामा पनि युरिया मल नपाउने किसानको संख्या आधा भन्दा धेरै छ ।

तर गाउँपालिकाले पनि तत्कालै मल उपलब्ध गराउने सम्भावना नरहेको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तोलाले बताउनुभयो । पालिकाले सहकारीहरुसँग मलको लागि समन्वय भने गरिरहेको छ ।

यसैबिच धुलिखेल नगरपालिकामा पनि युरिया मलको अभाव भएका कारण नगरपालिका मलको व्यवस्थापनमा लागेको कृषि शाखा प्रमुख मन्दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मनसुन शुरु भएर खुशी भएका किसानहरु यतिखेर मल नपाउँदा भने उत्पादनमा कमी आउने भन्दै चिन्तित भएका छन् । कृषि सामाग्री कम्पनिले नै मल उपलब्ध गराउन नसकेको कारण नगरपालिकामा मलको अभाब भएको नगरपालिकाले बताएको छ ।

सबै खाले रसायनिक मलको लागि बाहिरी देशको भर पर्नु परेका कारण यस्तो समस्या बर्षेनी बेहोर्नु पर्ने कृषि शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसको विकल्प खोज्न नगरपालिका लागि परेको छ ।


उता पनौती नगरपालिकाका किसान पनि युरिया मलको अभाव भएका कारण चिन्तित बनेका छन् । युरिया मल बाहेक अरु मल भने बजारमा सहजै उपलब्ध भएको कृषि तथा पशुपक्षिं शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले किसानहरुलाई अहिले जुन मल प्राप्त छ त्यही मलको प्रयोग गर्न अनुरोध गरेको छ ।

युरिया मलको विकल्पमा कुखुराको मल पनि प्रयोग गर्न सकिने कृषि तथा पशुपक्षिं शाखा प्रमुख सापकोटाले बताउनुभयो । अहिले बजारमा युरिया मलको अभाव हुन थालेपछि नगरपालिकाले बैकल्पिक कुरामा ध्यान राख्न समेत अनुरोध गरेको छ ।

फेरी पाँचखाल नगरपालिकाले पनि कृषि सहकारीहरुको समन्वमा किसानहरुलाई युरिया मल व्यवस्थापन गर्न तर्फ लागेको छ । युरिया बाहेक अरु रसायनिक मल भने बजारमा उपलब्ध रहेकाले किसानहरुलाई समस्या नभएको कृषि शाखा प्रमुख ईश्वर अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार कोरोनाका कारण बजार बन्द भएको र यातायात नचल्दा किसानहरुले मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनले भारतबाट मल नआउँदा समस्या भएको बताउदै आएका छन् । पछिल्लो समय जिल्लामा कम्पोष्ट मलभन्दा रासायनिक मलको प्रयोग बढि हुने गरेको छ ।