नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर

May 12, 2019

ओखलढुङ्गा, बैशाख २९

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कृषक समुहलाई हाते ट्क्याटर वितरण  गरेको छ । किसानलाई खेती गर्न सहजहोस भन्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको सिद्धिचरण नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

नगरपालिका अन्तर्गत कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानमा नगरपालिकाका विभिन्न कृषक समुह, कृषि सहकारी, अगुवा कृषकलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि जोत्ने हाते ट्याक्टर वितरण गरेको हो ।

कृषि शाखाले ज्यामिरे गैरीगाउँ कृषिफार्म सिद्धिचरण नगरपालिका ९, बाली संरक्षण कृषक समूह सिद्धिचरण नगरपालिका ८, उज्वल फलफुल कृषक समुह सिद्धिचरण नगरपालिका ३, फलफुल तथा तरकारी समूह सिद्धिचरण नगरपालिका १२, गरिवी निवारण कृषक समुह सिद्धिचरण नगरपालिका ११ लाई हाते ट्याक्टर वितरण गरेको हो ।

त्यसैगरी, चौतारी कृषक समूह सिद्धिचरण नगरपालिका ७, महिला एकता कृषक समुह सिद्धिचरण नगरपालिका ४,  सप्नवती कृषक समुह सिद्धिचरण नगरपालिका ५, सिलाकन्या कृषक समुह सिद्धिचरण नगरपालिका १० र  सेतीदेवी कृषक समुह सिद्धिचरण नगरपालिका ६, अगुवा कृषक यशु थापा मगर सिद्धिचरण नगरपालिका १ गरी ११ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाको कृषि शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ट्याक्टर खरिदमा ७ लाख ६५ हजार खर्च गरेको जनाएको छ । त्यस्तै कृषि क्षेत्रमा काम गरिरहेको संस्था हेल्भेटासको  सहयोगमा १३ वटा फ्रुट स्प्रे र माटो ड्रिलिङ मेसिन वितरण गरिएको नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

उक्त सामानहरु १० वटा हेल्भेटासको  खर्चमा र ३  वटा  नगरपालिकाको खर्चमा खरिद गरिएको पनि नगरपालिका कृषि शाखाले जनाएको छ ।