“गर्भवति महिलाको घरमा झण्डा, हातमा अण्डा” कार्यक्रमले मातृ तथा नव शिशुको स्वास्थ्यमा ल्याएको परिवर्तन ।

Nov 13, 2020

बासुदेव श्रेष्ठ, प्रमुख स्वास्थ्य तथा सरसफाई शाखा  दुप्चेश्वर गाउँपालिका नुवाकोट । 

नेपाल एक विकासोन्मुख राष्ट्र, त्यस माथी पनि सामाजिक विकासको क्षेत्रमा धेरै पछाडि परेको देश हो । जनतामा चेतनाको कमी, अज्ञानता, भौगोलिक विकटता, धर्म, लिङ्ग, जात, भाषा आदिको विभेदले भरिएको सामाजिक परिवेस, बेरोजगारी, गरिवी लगायतका सामाजिक तथा आर्थिक समस्या र चुनौतिहरु संग लड्दै समृद्धि तर्फ अघि बढेको स्थानीय तहहरु मध्यको एक हो दुप्चेश्वर गाउँपालिका, नुवाकोट । यी र यस्तै समस्याहरुले प्रत्यक्ष रुपमा तत्काल अथवा दिर्घकालिन रुपमा असर पु¥याउने क्षेत्रहरु मध्य मुख्य सूचिमा आउँछ स्वास्थ्य क्षेत्र, स्वास्थ्यमा पनी विशेष गरि मातृ तथा नव शिशु (आमा सुरक्षा) र पोषण सम्वन्धी क्रियाकलापहरु । गुणस्तरिय स्वास्थ्य सेवाको पहुंच र उपभोगमा कमी, घरमै सुत्केरी हुने महिलाको अधिकतम संख्या, संस्थागत सुत्केरीको दर न्यून, गर्भवति जाँच र सुत्केरी जाँचको दयनीय अवस्था, गर्भवती र सुत्केरी अवस्थामा आमा तथा बच्चामा देखिने विविध स्वास्थ्य समस्या साथै मातृ मृत्यु र शिशु मृत्यु जस्ता समस्याबाट आक्रान्त र ग्रसित भइरहेको अवस्थामा स्थानीय तहको पुर्नसंरचना संगै स्थानीय सरकारको सक्रियतामा त्यस्ता समस्याहरु न्युनिकरण र निवारणको लागी विभिन्न आवश्यकतामा आधारित प्रभावकारी कदम तथा क्रियाकलापहरु संचालन हुंदै आएको छ । त्यही प्रभावकारी र सफल कार्यक्रमहरु मध्य एक हो “गर्भवति महिलाको घरमा झण्डा, हातमा अण्डा” कार्यक्रम । संस्थागत सुत्केरी दर बढाउने, घरमा सुत्केरी हुने महिलाको संख्या सून्यमा झार्ने र गर्भवति जाँच दर लाई मापदण्ड अनुरुप बढाउँदै लैजाने मुख्य उदेश्यको साथ दुप्चेश्वर गाउँपालिकाको आ.व. २०७५÷७६ को निति तथा कार्यक्रममा प्रमुख प्राथमिकतामा राखी आ.व. २०७५÷७६ को तेस्रो चौमासिकबाट “स्वास्थ्य संस्थामा प्रसुति, सुरक्षित मातृत्वको प्रत्याभुती”भन्ने मुल नारा सहित यो कार्यक्रम संचालन गरिएको हो । गर्भवति महिलाको घरमा झण्डा, हातमा अण्डा कार्यक्रम संचालन निर्देशिका २०७५ अनुसार हरेक गर्भवति महिला लाई गर्भवती भएको थाहा हुने वित्तिकै कार्यक्रमको नारा उल्लेखित एउटा झण्डा घरमा राख्नको लागी प्रदान गर्ने र मापदण्ड अनुसार गर्भवती भएको चौथो महिना, छैठौं महिना, आठौं महिना र नवौं महिनामा गर्भ जाँच गर्न स्वास्थ्य संस्था आउने गर्भवति महिला लाई प्रत्येक पटकको गर्भ जाँचमा ३० ओटा (१ क्रेट) अण्डा स्वास्थ्य संस्था बाटै वितरण गरिन्छ । यसरी एउटा गर्भवति महिलाले गर्भावस्थामा ४ पटक गर्भ जाँच गराउँदा जम्मा १२० ओटा (४ क्रेट) अण्डा पाउँछन् ।जसले गर्दा गर्भ जाँचको दर पनी बढ्ने हुँदा आमा र बच्चामा देखिन सक्ने समस्या बाट बचाउन सकिने र अण्डा आफैमा एउटा महत्वपुर्ण पौष्टिक तत्वहरुले भरिपुर्ण खानेकुरा भएकोले पोषण अवस्थामा पनी सुधार आउने देखिन्छ । गाउँपालिकाले लिएको लक्ष्य अनुरुप कार्यक्रम प्रभावकारी र सफल पनी बन्दै गएको छ । कम्तिमा एक पटक गर्भ जाँच गराउने महिलाहरु कार्यक्रम सुरुवात गर्दा आ.व. २०७५÷७६ मा ७२ प्रतिशत मात्र थियो भने आ.व. २०७६÷७७ मा बढेर ९५ प्रतिशत पुगेको छ । यसैगरी मापदण्ड अनुसार ४ पटक गर्भ जाँच गराउने महिलाहरु २७ प्रतिशत बाट बढेर ४९ प्रतिशत पुगेको छ । आ.व. २०७४÷७५ मा १९.१ प्रतिशत रहेको संस्थागत सुत्केरी दर आ.व. २०७५।७६ मा २३.५ प्रतिशत हुंदै आ.व. २०७६।७७ मा ३५ प्रतिशत पुगेको छ । गाउँपालिकाको पञ्च बर्षिय आवधिक योजनाको अपेक्षित प्रतिफल संगै प्रगती पनी देखिएको छ । आ.व. २०७६÷७७ मा करिव ३७६ जना महिलाहरु यस कार्यक्रम बाट प्रत्यक्ष लाभान्वित भएका छन् भने २५१ जना गर्भवति महिलाले पुरा १२० (४ क्रेट) अण्डा प्राप्त गरेका छन् । यसरी आ.व. २०७६÷७७ मा यस गाउँपालिका भरिमा जम्मा १ हजार २ सय ६ क्रेट अण्डा वितरण गरिएको छ र जम्मा १ सय ७५ जना गर्भवती महिलाहरु गाउँपालिका भित्र रहेको प्रसुति गृहमा सुत्केरी भएका छन् ।
नुवाकोट जिल्लामा सर्वप्रथम दुप्चेश्वर गाउँपािलकाले सुरुवात गरेको यस कार्यक्रमले मातृ तथा नव शिशु स्वास्थ्यमा सुधार गर्दै दिगो विकास लक्ष्य २०३० ले तय गरेको सुचाङ्कहरुको लक्ष्य प्राप्तीको लागि सहज वातावरण सिजर्ना गरेको छ । सोहि लक्ष्य लाई पछ्याउँदै गाउँपालिका अघि बढिरहेको छ । उल्लेखनीय अपेक्षित प्रतिफल हांसिल गर्दै स्वास्थ्य अवस्थामा गतिशिल परिवर्तन आईरहेको दुप्चेश्वर गाउँपालिका; पुर्ण संस्थागत सुत्केरी युक्त गाउँपालिका बनाउने उदेश्यको साथ अघि बढिरहेको छ ।