७ सय २९ जनाले अझै निर्वाचन खर्च विवरण बुझाए्नन

Sep 24, 2019

-प्रेम विश्वकर्मा, नेपालगंज

असोज ०७ ।

आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई ध्यान दिई अहिले विभिन्न तयारीहरु भईरहेका छन । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, नगरप्रमुख र वडा अध्यक्ष पद खाली रहेका क्षेत्रमा अब नयाँ जनप्रतिनिधिहरु आउने भएका छन ।

स्थानिय तहका लागी ४६ ठाउँमा, प्रदेशका लागी ३ ठाउँमा र प्रतिनिधि सभाका लागी १ ठाउँमा उप–निर्वाचन हुन लागेको हो । जस अनुसार बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदका लागी उप–निर्वाचन हुदै छ ।

बर्दियामा भने उप–निर्वाचनको कार्यक्रम छैन । उप–निर्वाचनको तयारी चलि रहँदा उता २०७४ सालको निर्वाचनमा सहभागी बाँके, बर्दियाका कतिपय उम्मेदवारहरुले आफनो निर्वाचन खर्च विवरण अझै नबुझाएको पाईएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा तर्फ ३५ जना उम्मेदवार सहभागी थिए । जसमध्ये ४ जना उम्मेदवारले अझै आफनो निर्वाचन खर्चको विवरण बुझाएका छैन्न ।

यसैगरी प्रदेश तर्फ ६८ जना उम्मेदवारहरुले निर्वाचनमा सहभागीता जनाएका थिए । जसमध्ये ७ जना उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाएका छैन्न ।

यसैगरी स्थानिय तह तर्फका २ हजार ३ सय ५० जना उम्मेदवार मध्ये १ सय ५५ जना उम्मेदवारहरुले आफनो निर्वाचन खर्चको विवरण अहिले सम्म बुझाएका छैन्न ।

यस बिषयमा जिल्ला निर्वाचन कार्यालय नेपालगंज बाँकेका कम्युटर अपरेटर तथा सूचना अधिकारी युवराज पन्तले भन्नुभयोे, “अहिले हामीले प्राप्त विवरणहरु कम्युटरमा दर्ता गर्ने काम गरिरहेका छौं । कसले बुझाए, बुझाएन्न, नबुझाउनेलाई के कस्तो कारर्बाही हुने वा नहुने भन्ने कुरा हामीले भन्दा पनि निर्वाचन आयोगले हेर्ने कुरा हो । अहिले हामी सँग भएको विवरण यति मात्र हो । आयोगले माथीबाट जे गर्न भन्छ हामीले त्यही गर्छौं यहाँ । फेरी उप–निर्वाचनको काममा पनि लागी सकेका छौं ।”

बाँकेमा ३ वटा निर्वाचन क्षेत्र र ८ वटा स्थानिय तह रहेका छन । उता छिमेकी जिल्ला बर्दियामा पनि यस्तै छ ।

जिल्ला निर्वाचन कार्यालय गुलरिया बर्दियाका कम्युटर अपरेटर तथा सूचना अधिकारी मदन बस्नेतका अनुसार प्रतिनिधि सभा तर्फ २१ जना उम्मेदवारहरुले सहभागीता जनाएका थिए ।

जसमध्ये ८ जना उम्मेदवारहरुले आफनो निर्वाचन खर्चको विवरण बुझाएका छैन्न । यसैगरी प्रदेश सभा तर्फ उम्मेदवारी दिएका ३४ जना मध्ये १२ जनाले अहिले सम्म आफनो निर्वाचन खर्च विवरण बुझाएका छैन्न ।

स्थानिय तह तर्फ उम्मेदवारी दिएका १ हजार ९ सय ४१ जना उम्मेदवार मध्ये ५ सय ४३ जना उम्मेदवारहरुले आफनो निर्वाचन खर्च विवरण बुझाएका छैन्न ।

बर्दियामा २ वटा निर्वाचन क्षेत्र र ८ वटा स्थानिय तह रहेका छन ।

निर्वाचन आयोग द्धारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्चको विवरण स्थानिय तहका उम्मेदवारहरुले ३० दिन भित्र र प्रदेश प्रतिनिधि सभाका उम्मेदवारहरुले ३५ दिन भित्र बुझाउनु पर्ने हुन्छ ।

तर धेरै उम्मेदवारहरुले आचारसंहिताको पालन नगरी अटेरी गरेको पाईएको छ । कुन–कुन तहका उम्मेदवारहरुले समयमै आफनो निर्वाचन खर्चको विवरण बुझाएका छन ।

कसले बुझाएका छैन्न भन्ने बारेमा भने निर्वाचन कार्यालयहरु केही खुलाएका छैन्न ।

राजनितिक दलहरुले रुलिङ्ग नगर्नु र उम्मेदवार आफै पनि पुर्ण रुपमा जानकारी नभई सक्नु जस्ता केही कारणले छुटेको हुन सक्ने दुबै निर्वाचन कार्यालयहरुको आकंलन छ ।