जिसस दोलखाद्वारा प्रथम चौमासिक कार्यसम्पादन अनुगमन सुरु, सबै पालिकामा अनुगमन गरिने

असोज २२
जिल्ला समन्वय समिति दोलखाले बिहिवार बाट जिल्लाका स्थानीय तहमा हुने गतिविधिको बारेमा प्रथम चौमासिक कार्य सम्पादन अनुगमन सुरु गरेको छ । 

समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको टोलिले बिहिवार पहिलो दिन गौरिशंकर गाउँपालिकामा अनुगमन गरेको जनाएको छ । चालु आर्थिक वर्ष २०७७र०७८ का लागि पालिकाले ४४ करोड ५२ लाख बजेट अनुसारको बिकासका योजनाहरु तय गरेको र १४७ योजना रहेको गाउँपालिका प्रमुख सोयम बहादुर खडकाले बताउनुभयो । १४७ योजना मध्ये २३ योजना वडाहरुले संचालन गर्ने छन् भने ६ वटा बोलपत्र मार्फत र अन्य पालिकामा गठन भएका उपभोक्ता समिति मार्फत गरिने पालिका प्रमुख खड्काले बताउनु भयो । संघ प्रदेश र स्थानिय तहमा योजना सम्पन्न गराउन स्पष्ट नीति र समयमा नै बजेट बिनियोजन नगर्दा समस्या हुने गरेको उहाँले बताउनु भयो । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा पालिकामा अत्याधिक संभावना भएको र पालिकाले तेहि क्षेत्रमा बिशेष योजना सहित काम गरिरहेको उहाँले बताउनु भयो । 

प्रथम चौमासिक कार्यसम्पादन अनुगमनका क्रममा पालिकाले संचालन गरेको गतिविधि र पालिकामा दरबन्दी अनुसारको कर्मचारी नहुँदा काममा भएको समस्या बारे प्रमुख प्रशासकिय अधिकृत बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । पालिकामा प्रशासनिक क्षेत्रमा काम गर्ने र विभिन्न वडाका सचिवहरु नै नभएको समेत उहाँले बताउनुभयो ।


दोलखाको सबै स्थानीय तहको प्रथम चौमासिक कार्यसम्पादन अनुगमन गरिने क्रममा बिहिवार गौरीशंकर गाउँपालिकामा गरिएको र सबै पालिकामा गरिने समन्वय प्रमुख डबल पाण्डेले बताउनु भयो । अनुगमनका क्रममा पालिकाले संचालन गर्ने बिकासका योजना प्रशासनिक गतिविधि तथा समस्या हरुको बारेमा अनुगमन गरिने उहाँले बताउनु भयो ।