स्कुलहरुमा कोभिड नियन्त्रण अभियान अन्तर्गत मास्क वितरण

Jan 24, 2021

माघ ११, कपिलबस्तु ।
कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमकै बिचमा बिद्यालय सुचारु हुंदा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कपिलवस्तुमा कोभिड नियन्त्रण अभियान सञ्चालन गरिएको छ । अभियानका संयोजक एवम लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले सञ्चालन गर्नुभएको अभियान अन्तर्गत कपिलवस्तु बिभिन्न बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई मास्क वितरण गरिएको छ । माघ ११ गतेसम्म अभियान अन्तर्गत २२ सय बढि मास्क वितरण गरिएको अभियानका संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

No description available.जोखिमकै बिचमा बिद्यालय संचालन गर्दा बिद्यार्थीहरुको स्वास्थ्य संकट झन् बढ्दै जाने संभावनालाई न्यूनिकरण गर्ने अभिप्रायले बिद्यालयमा कोभिड नियन्त्रण सामग्री बितरण गरिएको कार्यक्रमका संयोजक ज्ञवालीको भनाई रहेको छ । अन्य बिद्यालयमा समेत कोभिड भाइरस नियन्त्रण सामग्री बितरण गरिने अभियान जारी रहने समेत जानकारी दिनुभयो ।

No description available.उहाका अनुसार कपिलबस्तुका दक्षिणी क्षेत्रका बिद्यालयहरुमा बिशेष गरि गरिब, असहाय, दलित, मुस्लिम समुदायका बिद्यार्थीहरुलाई मास्क बितरण गरिने बताउनुभएको छ ।

No description available.