पुनर्निर्माणमा ढिलाइ भएकाे गुनासाे

Jul 11, 2019

बिमला बुढाथाेकी 

असार २६, दाेलखा

दोलखाको पुनर्निर्माण: अवसर र चुनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । 
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको आयोजना तथा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको समन्वयमा भएको कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका शाखा अधिकृत अशोक काफ्लले जिल्लाको पुननिर्माणको समग्र अवस्था, दोस्रो किस्ता विरण प्रक्रिया लगाएतका बारेमा जानकारी गराउनुभएको थियो ।

जिल्ला स्तरीय आयोजना कार्यान्वय इकाई भवन दोलखाका सुचना अधिकारी एंवम फोकलपर्सन भोगेन्द्र शाह, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्वीजी मास्के, ग्रामिण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले विनाशकारी भुकम्प प्रभाव र पत्रकारिता लगायतको बारेमा कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो ।

कार्यक्रममा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर २ का स्थानीयले पटक–पटक गुनासोमा नामदर्ता गराउदाँ पनि भुकम्प पिडित लाभग्राहिको सुचिमा अझै पनि आफुहरुको नाम समावेश हुन् नसकेको गुनासो गरेका छन् ।

'भुकम्प गएको चार बर्ष बितिसक्यो, वरिपरि छिमेकिको घर पुननिर्माण भईसक्यो । तर हाम्रो नाम ननिस्केका कारण घर बनाउन समस्या भएको छ । सरोकारवालाहरुले गुनासो फम भर्नुपर्छ भन्नुहुन्छ भर्छौ । सम्बोधन हुन्छ भनिन्छ तर अन्तमा सम्बोधन हुन सक्दैन । यसको मुख्य कारण के हो बुझ्न नै समस्या भएको उनीहरुको गुनासो छ ।' स्थानीयले गुनासाे गरे । 

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले स्थानिय तवरबाट अझै दबाव सिर्जना गर्याे भने छुटेको घर पुननिर्माणले पुर्णता पाउनेमा जोड दिनुभयो । कार्यक्रममा सहभागिहरुले राख्नुभएको जिज्ञासालाई सम्बोधन गर्नुहुँदै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले स्थानीय सरकारलाई पुननिर्माण सम्बन्धि सम्पुर्ण जिम्मेवारी नदिएका कारण पनि पुननिर्माणमा चुनौति देखिएको बताउनुभयो । 'भुकम्प पीडितका लागि महिले जुन कार्यक्रममा पनि आवाज उठाउने गरेको छ । बोल्ने गरेको छु । भन्दा भन्दा थाकि सकेँ तर थकाईको महशुस छैन् । जहिले सम्म भुकम्पपिडितको गुनासो सम्बोधन हुँदैन अन्त सम्म पनि लागिरहने छु ।' उहाँले भन्नुभयो ।

नगरप्रमुख केसीले सरकारले पुननिर्माणको जिम्मा स्थानिय तहलाई सुम्पेको भनेतापनि आफुहरुले पुननिर्माणको सम्र्पुण जिम्मेवार नपाएका कारण स्थानीय सरकारलेनै केहि गरेन भन्ने भ्रममा नपर्न स्थानियलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जिवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरापालिका वडा नम्वर ३ का वडा अध्यक्ष हरीशरण शिवाकोटी, वडा नम्वर २ का वडा अध्यक्ष विराजमान श्रेष्ठ लगायतले दोलखामा भुकम्प पछिको पुर्ननिर्माणको अवस्था, पुर्ननिर्माणमा आईपरेका समस्या, स्थानीय तहले भोग्नु परेका समस्या लगायतको बारेमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा भुकम्प प्रभावित, पत्रकार लगाएत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।