विद्यालयप्रति अभिभावकको भूमिका र अपेक्षा

किरण बिवाहीत

मङ्सिर ११ 

बालबालिकाको भविष्य उनीहरुले प्राप्त गरेको शिक्षाको स्तरमा निर्भर रहन्छ । उनीहरुले जुन स्तरको प्रारम्भिक शिक्षा प्राप्त गरेको हुन्छ । सोही अनुसार विश्वविद्यालय तहमा आफूले चाहेको विषयमा राम्रो दख्खल हासिल गरी इच्छाएको क्षेत्रमा आफूलाई समायोजन गर्न सक्छन् । त्यसैले यसका निम्ति विद्यालय तहको शैक्षिक वातारवण कस्तो हुनुपर्छ । यो एउटा गम्भिर बहसको विषय हो । सबै बालबालिकाको लागि एउटै खालको वातावरणको अपेक्षा गरिनु हुँदैन ।

बालबालिकाले सिक्ने र सिकाउने कार्यमा विद्यालय र परिवारको भूमिका सबैभन्दा मुख्य हुन्छ । यसमा कस्को कति भूमिका भन्ने कुरामा सीमांकन गर्न त्यति सहज छैन । यद्यपी दुई पक्ष मध्ये कसको भूमिका पूर्ण छ र कसको पूर्ण भएन । यो अत्यन्त विवादित विषय हो ।

शैक्षिक हिसाबले मध्यम स्तरीय परिवारका अभिभावकहरु विद्यालय र शिक्षकको व्यवहार र विद्यालयको वातावरणलाई सिकाइ स्तर निर्धारणको कारकका रुपमा विश्लेषण गर्छन् भने र बालमनोविज्ञान र सामाजिक वस्तुस्थितिलाई सहि विश्लेषण गर्न नसक्ने शिक्षकहरु अभिभावक र विद्यार्थी अर्थात परिवारलाई सिकाइ स्तर निर्धारणको कारकका रुपमा विश्लेषण गरेर आ आफ्नो दायित्वलाई एक अर्कामा पन्छाउन तल्लिन रहेको देखिन्छ ।

हाम्रा दुई प्रकारको शैक्षिक संस्थाहरु संस्थागत र सामुदायिक अर्थात सरकारी विद्यालयहरुको शैक्षिक व्यवस्थापन र सहभागिता भिन्न अवस्थामा छन् । संस्थागत विद्यालयहरु व्यवसाियकतालाई प्राथमिकता दिन तल्लिन छन् । उनीहरु लाभ अर्थात व्यवसायिक सफलताको अभिष्ट लिएर क्रियाशिल छन् । त्यकारण उनीहरु सामाजिक वस्तुस्थित र बालबालिका र अभिभावको मनोवृत्तिलाई बुझेर अनि मात्र आफ्ना गतिबिधि अगाडी बढाउँछन् । त्यसरी बनाइको योजना र रणनीतिहरुले अभिाभावकको मन तान्न सफल देखिन्छ जुन स्वभाविक हो ।

तर सामुदायिक विद्यालयहरु व्यवसायिक लाभप्रति लक्षित नभइ सेवामूलक, गैर नाफामूलक संस्थाको रुपमा क्रियाशिल छन् । त्यसैले भौतिक लाभलाई महत्व नदिइ बालबालिका तथा अभिभावकको मनोवृत्ति र सामाजिक वस्तुस्थितिलाई बुझेर गतिबिधि अगाडी बढ्न नसक्नु स्वभाविक मान्न सकिन्छ ।

नाफा अर्थात लाभलाई लगानी र सक्रियताको उत्प्रेरक मानिन्छ, सामुदायिक विद्यालयहरुमा त्यो व्यवसायिक लाभ वा नाफाको उद्देश्य अन्तनिर्हित नहुनाले संस्थागत रुपमा हुनुपर्ने बौद्धिक लगानी सुस्ताएको हो । केवल प्रतिष्ठालाई नै व्यवसायिक लाभको रुपमा सरोकारवालाहरुले लिनु पर्ने हुँदा प्राथमिकताको क्षेत्रमा नपर्नु स्वभाविक पनि मान्न सकिन्छ । हुन त शिक्षा सामाजिक विषय भएकोले यसको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने मान्यता छ ।

यो मान्यता स्थापित हुन सबै तहका सरकार बलियो हुनुका साथै कानुनी राज्य सुदृढ हुनुपर्छ, अहिले यहि कुराको अभाव छ । जसले गर्दा नै शिक्षा जस्तो सामाजिक विषय विशुद्ध सेवामूलक, पहुँचयोग्य र प्रभावकारी हुन नसकेको हो ।

हरेक अभिभावकले आफ्ना केटाकेटीलाई विद्यालय पठाउँदा केही न केही सपना बोकेर पठाएका हुन्छन् । जुन सपना बालकको मनोविज्ञान र अन्तरइच्छासँग मेल खाओस् वा नखाओस् । तर पनि अभिभावकहरु दुइवटा हिसाबले मनोवैज्ञानिक रुपमा ढुक्क हुन चाहन्छन् ।

पहिलो कुरा उनीहरुले बालबालिकाको शारीरिक सुरक्षा, दोश्रो उनीहरुको प्रकावकारी सिकाइ । सबै विद्यालयले यसलाई उत्तीकै चासोका साथ लिन सकिरहेको हुँदैन, त्यसैले अभिभावकको हेराइ विद्यालय पिच्छे फरक हुन्छ । साना उमेरका बालबालिकाको सुरक्षित वातावरण र ठुला बालबालिकाप्राति नियन्त्रित वातावरण अभिभावकको मुख्य अपेक्षा देखिन्छ । तरपनि नियन्त्रित व्यवहार कुन हदसम्मको ठीक र कुन हदसम्मको बेठीक त्यो भने छलफलकै विषय हो ।

सरकारी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका पढाउने अभिभावक मुख्यतः तनि प्रकारका छन् । पहिलो जो आफ्ना बालबालिकालाई छिमेकी आफन्तले सबैले पठाउने गरेकाले मैले पनि पठाउनु पर्छ भनेर मात्र विद्यालय पठाइरहेका, जसलाई पढ्नु पढाउनु बोझको रुपमा मात्र हुन्छ । यस्ता अभिभावकहरुले आफ्ना बालबालिकाको लागि न आवश्यक सामग्री नै जुटाइदिन्छन् न त विद्यालय जान नै प्रेरित गर्छन् । विद्यालयका नियमित गतिबिधिसँग उनीहरु निरपेक्ष रहन्छन् ।

दोश्रो थरी अभिभावक जो आफ्ना बालबालिकाले पढुन्, सिकुन् र भविष्यमा सक्षम बनुन् भन्ने चाहना राख्छन्, तर उनीहरुलाई कस्तो वातावरण दिने, कुन हदसम्मको नियन्त्रित व्यवहार अपनाउने र कसरी सहज सिक्ने वातावरण सिर्जना गर्ने भन्ने विषयमा अनविज्ञ हुन्छन् । उनीहरु विद्यालयले गरिहेका क्रियाकलापलाई उचित मूल्यांकन र विश्लेषण गर्न सक्षम पनि हँुदैनन् । तेस्रो थरी अभिभावक जो सचेत र सक्षम हुन्छन् । उनीहरु आफ्ना बालबालिकालाई उपयुक्त वातावरण दिन सक्षम छन्, आवश्यक सामग्री जुटाउन सक्रिय हुन्छन्, विद्यालयका गतिबिधिबारे उचित मूल्यांकन र विश्लेषण गर्न सक्छन् ।

सरकारी सामुदायिक विद्यालयमा पहिलो र दोश्रो वर्गका अभिभावकका आधारमा बनाइने गरेका समग्र अभिभावकप्रतिको धारणा सबैभन्दा प्रत्युत्पादक बन्ने गरेको छ । अभिभावक र विद्यालयबीचको सम्बन्ध बलियो र सार्थक बनाउने र अभिभावकको मनोवृत्तिलाई पनि सकारात्मक बनाउने दिशामा विद्यालयको भूमिका बृद्धि गर्नुपर्ने हुन्छ ।

यसले बालबालिकाको सिकाइ मात्र प्रभावकारी नभई अभिभावको बालबालिकाको निम्ति गर्नुपर्ने व्यवहार र दिनुपर्ने वातारवणमा पनि परिवर्नन आउन सक्छ । अनि अभिभावकहरु आफ्ना बालबालिका विद्यालय पठाएपछि भौतिक सुरक्षा एवं संरक्षण र प्रभावकारी सिकाइप्रति ढुक्क हुने अवस्था सिर्जना हुन सक्छ ।

यो सामाग्री श्री तेर्से मावि तालामाराञ, सिन्धुपल्चोकका प्रधानाध्यापक कृष्णप्रसाद ढुंगानाको सहयोगमा तयार पारिएको हो ।