घोडाघोडीमा पनि केही नहुनेहरूको लागि हामी छौ अभियान

Oct 1, 2020

वीरेन्द्र शाह असोज १५ सुखड,

कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना युवाहरुले सामाजिक उत्तरदायित्वलाई अगाडी बढाई अति विपन्न र संकटासन्न घरधुरीलाई सहयोग गर्ने उद्दैश्यले ‘केही नहुनेहरूको लागि हामी छौ’ अभियान’ सुरु गरेका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समुहका युवाहरुले बिहीबार घोडाघोडी नगरपालिका ५ मा रहेकी आइते दमाई र सरूँ टमट्टाको परिवारलाई १० हजार बराबरको राहत राहत बितरण गरेका हुन् । उक्त रकम चितवनबाट बालकृष्ण बर्तौलाले सहयोग गरेका थिए ।
बर्दगोरीगा गाउँपालिकामा अति विपन्न एक परिवारबाट राहत बितरण सुरु गरेका युवाहरूले अहिले सम्म १० परिवारलाई राहत बाढेको जनाएका छन् ।
समूहमा घोडाघोडी बहुमुखि क्याम्पसका पूर्व प्राचार्य लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय कलेजका प्राचार्य कर्ण भण्डारी, घोडाघोडी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष होम आचायर्, व्यापारी ठक्मन बोहरा र बिद्यार्थि धमेन्द्र विष्ट रहेका छन् ।

उक्त समुहले केही दिन अघि इन्द्रेणी कार्यक्रमसँग सहकार्य गरी सामाजिक उत्तरदायित्व अन्तर्गत वैदेशिक रोजगारीमा गएका बेला श्रीमानको मृत्यु भएपछि बिचल्लीमा परेको नपर्ता बिकको परिवारलाई ४१ हजार रुपैयाँ सहयोग गरेको लक्ष्मि प्रसाद भट्टराईले जानकारी दिए ।