रसुवामा दादुरा रुवेला खोप अभियान सुरु

Mar 23, 2020

दादुरा रुवेला खोप अभियान रसुवामा सुरु भएको छ । रसुवाको ५ वटै गाउँपालिकामा सञ्चालन भएको हो। नेपाल भर चैत १० देखि दादुरा रुवेला खोप अभियान सञ्चालन भएकोमा कालिका गाउँंपालिका को २ स्थानबाट खोप अभियान सुरु भएको हेल्थ असिस्टेन उत्सव पौडेल ले जानकारी दिए। कालिका गाउँंपालिका मा पहिलो चरणमा २ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइको छ। कालिका गाउँपालिका वडा न ५ ज्याङलाङ र वडा न २ गुम्बाडाँडा मा आज खोप लगाएको हो ।

जसमा गुम्बाडाँडा मा ५७ बालबालिका र ज्याङलाङमा ३५ बालबालिका लाई दादुरारूवेला खोप लगाईसकेको छ । आजबाट सञ्चालन भएको खोप १७ गते सम्म सञ्चालन हुनेछ ।खोप केन्द्र बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्नेछ। खोप अभियान सफल बनाउन रसुवाको ५ वटै स्थानिय तहले सहयोग गरिरहेका छन्।