लंैगिक हिंसा विरुद्धको १६ दिने अभियान प्युठानमा

Nov 28, 2019

२०७६ मंसीर १२ प्यूठान

लंैगिक हिंसा विरुद्धको १६ दिने अभियान प्युठानमा पनी सुरु गरीएको छ । समानताको पुस्ता ः बलत्कार विरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका साथ मल्लरानी गाउँपालिकाको आयोजना तथा संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिय) को आर्थिक सहयोगमा अभियानको शुरुवात गरिएको हो ।

अभियानका क्रममा महिला कर्मचारीको दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा २६ जना महिला कर्मचारीहरु सहभागी भएका थिए । खंलगा बसपार्क देखी सुरु भएको दौड जिल्ला प्रशाशन हुँदै बजार परिक्रमा पछि बसपार्कमै पुगेको थियो । दौडमा उत्कृष्ट हुनेलाई आयोजकले पुरुस्कारको व्यवस्था गरेको थियो । 

त्यस्तै अभियानकै अवसरमा महेन्द्र माध्यामिक विद्यालय खंलगा देखी पार्टीचोक हुदैँ जिल्ला समन्वय समितिको सभाहल सम्म विभिन्न नाराहरु सहित ¥याली गरिएको थियो । ¥यालीपछि मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानाको अध्यक्षता तथा माननिय न्यायधिस विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यतामा कोणसभा कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायधिस गौतम, मानव अधिकारकर्मी पार्वता आचार्य र सहयोगी संस्था संयुक्त राष्ट्रिसंघीय जनसंख्याकोष (युएनएफपिय) का जिल्ला कार्यक्रम विज्ञ प्रेमनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लामा अभियानका क्रममा १६ दिन सम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जनाईएको छ ।  कार्यक्रममा बोल्ने बक्ताहरुले यस्ता अभियानले महिला हिंसामा कमि आउने बताएका थिए । कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संघसस्थाका प्रतिनिधी, सुरक्षाकर्मी, महिला, स्वयमसेबिका, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको दोस्रो दिन  प्युठान नगरपालिका वडा नं १० मरन्ठानामा लैङ्गिक हिंसाको बिधमान अवस्था र हिंसा न्यूनीकरणमा स्थानीय सरकार लगायत सरोकारवाला र स्वयम व्यक्तिको भुमिका, लैङ्गिक हिंसा विरुद्ध मौजुदा कानुन र भइरहेका प्रयासहरु बिषयमा स्थानीय सरकार, सरोकारवाला र अगुवा महिलाहरु बिच अन्तरकृया कार्यक्रम ]  तेस्रो दिन प्युठान नगरपालिका वडा नं ९ मरन्ठानामा स्थानीय सरकार र सरोकारवाला बिच अन्तरकृया कार्यक्रम   । उक्त कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष पदम गिरी, अधिकारकर्मी पार्वता आचार्य, प्रहरी कार्यालयका प्रतिनिधि ,प्यूठान क्याम्पस प्रमुख कलपना खड्का, जिल्ला समन्वय समितिका सदस्य, वडा सदस्य, अगुवा महिलाहरुको उपस्थिति रहेको थिof .