रुकुम पश्चिममा स्वास्थ्य विमा कार्यक्रम लागु

Mar 12, 2018

कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले एक वर्ष भित्रै रुकुम (पश्चिम)का सम्पुर्ण घर परिवारलाई स्वास्थ्य विमाको पहुँचमा ल्याउने बताउनुभएको छ । स्वास्थ्य विमाको कार्यक्रमको सुरुवाति संगै नागरिकको स्वास्थ्यको ग्यारेन्टी सरकारले लिएको बताउनुभएको हो ।
त्यस्तै रुकुम (पश्चिम)को पहिलो विमित सदस्यमा नाम दर्ता गराउदै शर्माले जनतासंगै मिलेर सबै नयाँ कामको अगुवाई आफुले गरेको बताउनुभयो ।

स्थानिय तहले पनि स्वास्थ्य विमाको कार्यक्रमलाई प्राथामिकतामा राखेर विमाका कार्यक्रम संचालन गर्न स्थानिय तहहरुलाई निर्देशन पनि दिनुभएको छ । स्वास्थ्य विमा दर्ता सुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

आज रुकुमलाइ देशको २९ औ जिल्लाको रुपमा स्वास्थ्य विमा लागु गरिएको छ । २०७२ सालमा कैलाली जिल्लाबाट सुरुवात भएको स्वास्थ्य विमा कार्यक्रम रुकुम जिल्ला २९ औ जिल्लाको रुपमा विमा कार्यक्रम संचालन भएको हो । नेपाल सरकार स्वास्थ्य विमा वोर्ड टेकु काठमान्डौको आयोजनामा आज रुकुममा पनि एक कार्यक्रमको आयोजना गरेर विमा कार्यक्रमको सुरुवात गरिएको छ ।
कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा, जिल्ला सम्वन्वय प्रमुख राजकुमार शर्मा र मुसिकोट नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष विरवल केसीले पहलो विमित सदस्यको रुपमा स्वास्थ्य विमावाट परिचयपत्र पाउनुभएको छ ।
जिल्ला सम्वन्वय समिति रुकुम (पश्चिम)का प्रमुख राजकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमा कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुन, मुसिकोट नगरपालिका प्रमुख देविलाल गौतम, बाफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादर केसी राजनितिक दलका प्रतिनिधि, जिल्लास्थित बिभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य विमा बोर्ड रुकुम (पश्चिम)का संयोजक भरत खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन होमनाथ लामिछानेले गर्नु भएको थियो ।