शिक्षा क्षेत्रको विकासका लागी नागरीक समाज संस्थाहरुसंग सहकार्य गरीने

Jun 21, 2020

जयराज अवस्थी/बैतडी,असार ७
काेरोना महामारीका कारण गरीएकोे लकडाउनले शिक्षा क्षेत्र प्रभावित बन्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । आइतबार पारस्परीक जवाफदेहिता परीयोजना अन्र्तगत संञ्जिवनीले नेपालले आयोजना गरेको भर्चुअल बैठकमा सहभागीहरुले यस्तो कुरा बताएका हुन ।
हालै शिक्षा मन्त्रालयले जारी गरेको बैकल्पिक शिक्षण सिकाई निर्देशिका २०७७ कार्यान्वयनका सम्बन्धमा स्थानिय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसंग छलफल भएको हो ।
उक्त छलफलमा कक्षागत पाठ्यसामग्री निर्माणका लागि शिक्षा विकास तथा समन्वय इकाईले संयोजन गर्ने सहमती भएको छ । यस्तै अहिलेको अवस्थामा बाल मनोबिज्ञान कक्षाको समेत आवश्यक पर्ने भएकाले यसको लागी नागरीक समाज संस्थाहरुले पहल गरीदिनुपर्ने शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताउनुभयो । यसका साथै छलफलमा सहभागीहरुले स्थानीय रेडियोबाट पठन पाठनको कार्यलाइ अगाडी बढाइ टोल टोलमा गएर बालबालिकालाई अध्ययन सामग्री बितरण गर्न सके अझ प्रभावकारी हुने कुरा बताएका छन् ।
बैठकमा बैतडीका स्थानिय तहका शिक्षा शाखाका प्रमुख एवं प्रतिनिधिहरुको पनि सहभागीता रहेको संञ्जिवनी नेपालका जिल्ला कार्यक्रम अधिकृत शिवराज पनेरुले बताउनुभयो । शिक्षा क्षेत्रको विकासका नागरीक समाज संस्थाहरुसंग सहकार्य गरी अगाडी बढ्नुपर्नेमा सहभागीहरुले बताएको कार्यक्रम अधिकृत पनेरुले जानकारी दिनुभएको छ ।