यूवाकाे पहलमा वडामा नागरिक वडापत्र

डडेल्धुरा, फागुन २४

उग्रतारा रेडियो स्रोता समुहको पहलमा वडामा नागरिक वडापत्र राखिएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–८ मा रहेको यूवाकाे नेतृत्वमा रहेकाे रेडियो श्रोता समुहको पहलमा वडामा नागरिक वडापत्र राखिएको हो ।

विभिन्न सूचनाबाट बञ्चित हुन थालेपछि श्रोता समुहले वडाको ध्यानाकर्षण गराएको थियो ।  रेडियो श्रोता समुह तथा स्थानीयको मागलाई सम्बोधन गर्दै वडामा नागरिक वडापत्र राखिएको वडाअध्यक्ष नरबहादुर साँकीले बताउनुभयो ।

यो भन्दा अगाडी विभिन्न कारणले र स्थानीय तह आएपछि नयाँ नबनेकोले वडामा नागरिक वडापत्र राख्न नसकिएको वडा अध्यक्ष नरबहादुर साँकीले जानकारी दिनुभयो । उग्रतारा रेडियो स्रोता समुह र वडा कार्यालयबीच वडाको टाँटरमा जाड–रक्सी सेवनले महिला हिँसा बढेको र त्यसलाई न्युनीकरण गर्न समन्वयात्मक रुपमा कामकारबाही गर्ने निर्णय गरिएको वडा अध्यक्ष साँकीले बताउनु भयो ।

यूएसएआईडीको आर्थिक सहयोगमा एफएचआई ३६०,  ईक्वेल एक्सेसद्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजनाले उत्पादन गरेको रेडियो कार्यक्रम साँझा बोलि सुन्न र सुनेअनुसार छलफल गर्दै समाजमा भएका शिक्षा, स्वास्थ्य, कृषि, विपद् जोखिम व्यवस्थापन र सुशासन, जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउने उदेश्यकासाथ रेडयो कार्यक्रम साझावोलीले स्रोता समुह गठन गरेको हो ।