विद्यालयमा स्तनपान कक्षकाे व्यवस्था

Feb 10, 2019

दैलख, माघ २७

दैलख जिल्ला भगवतीमाई गाँउपालिका वार्ड नं ७ वडाभैरवको श्री भैरव माध्यामिक विद्यालयमा स्तनपान कक्षको व्यवस्थापन भएको छ ।

विद्यालयमा शिशुसहित अध्यापन गराउने आउने शिक्षिकालाई स्तनपान गराउन सहज र सुरक्षित होस भनेर स्तनपान कक्षको व्यवस्थापन गरेको हो । श्री भैरव माध्यामिक विद्यालय खोरमा अध्यापन गराउन आउने शिक्षिकालाई खुलारुपमा स्तनपान गराउन असजिलो भएपछि विद्यालयको अफिस कोठामै स्तनपान कक्षको व्यवस्थापन गरेको हो ।

विद्यालयमा ४ जना महिला शिक्षक त्यसमा पनि एक जना मावि शिक्षिका कल्पना थापाको महिला बच्चा जन्मिएपछि सबै पुरुष शिक्षकको सामु उहाँलाई स्तनपान गराउन असजिलो भएको र यो कुरा शिक्षिकाले भन्न नसक्ने र उहाँको अनुहारले बताउँने गर्थ्यो । त्यसैबखत स्तनपान कक्ष हुनपर्छ भन्नेकुरा महशुस भयो र आमा र बच्चाको शुरक्षाको लागि विद्यालय व्यवस्थापन समितिको बैठकमा निर्यण गराई विद्यालयकै श्राेतबाट स्तनपान कक्षको व्यवस्थापन गरेको प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले बताउनुभयो ।

स्तनपान कक्षमा सुतेर दुध खुवाउन सजिलोको लागि एउटा खाट र वेडको समेत व्यवस्था गरिएको छ । कक्ष स्थापना सँगै विद्यालयका अरु शिक्षिकाहरु पनि सुत्केरी भएमा महिलाहरुले बेहाेर्दै आएको समस्या समाधान भएर जाने विद्यालयले बताएको छ । विद्यालयमा स्तनपान कक्ष निमार्णको लागि गाँउ कार्यपालिकाको बैठकमा छलफल गरी निर्णय गराउँदा पनि रकम उपलब्ध हुन नसकेपछि विद्यालयको श्राेतबाट कक्ष व्यवस्थापन गरेको वडा अध्यक्ष रत्नबहादुर शाहीले बताउनुभयाे।

स्तनपान कक्ष व्यवस्थापन पश्चयात बच्चालाई निर्धक रुपमा दुध खुवाउन सजिलो भएको शिक्षिका कल्पना थापाले बताउनु भएको बुहारी पत्रकार दुर्गा लम्सालले खबर पठाउनु भएको छ ।