नागरिक समाजका संस्थाविच सञ्जाल गठन

2017-08-26

दोलखाका विपद् जोखिम न्युनिकरणका क्षेत्रका कार्यरत नागरिक समाजका संस्थाहरु सञ्जालमा आवद्ध भएका छन् ।  दोलखामा कार्यक्षेत्र बनाई कार्यरत नागरिक समाजका संस्थाहरु विच अनुभवन आदन प्रदान गर्नुका साथै सिकाई, उपलब्धि र चूनौतीहरुको छलफल गर्दै सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउन सञ्जालमा आवद्ध भएका हुन् । 

शुक्रबार मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत आयोजित अन्तरक्रिया कार्यक्रममा पश्चालन सञ्जाल गठन गरिएको हो ।


सञ्जालको संयोजकमा ग्रामीण पुर्ननिर्माण संस्था आरआरएन दोलखाका कार्यक्रम संयोजक टंक उप्रेती चयन हुनु भएको छ भने जिल्लामा क्रियासिल २५ भन्दा बढी नागरिक समाजका संस्था सञ्जालमा गोलबन्ध भएका छन् ।

सञ्चाल मार्फत विपद् जोखीम न्युनीकरण लागि नागरिक समाजका संस्था मार्फत सञ्चालन हुदै आएका गतिविधिहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन लागि प्रयास गरिने संयोजक उप्रेतीले बताउँनु भयो ।


युएसआईडीको आर्थिक सहयोग एफएचआई ३६० सँगको सहकार्यमा हुराडेक नेपाल दोलखाले दोखला सहित रामेछाप र सिन्धुली जिल्लामा पारस्परिक जवाफदेहिता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम अन्र्तगत नागरिक समाज तथा सञ्चार क्षेत्रमा काम गर्ने सस्ंथाहरुवीच उपयुक्त परिवेशको निर्माण गर्ने, प्रभावकारी नीतिगत पैरवी तथा सरकारी निकायहरु सँगको संलग्नताको लागि नागरिक समाज तथा सञ्चार क्षेत्रमा काम गर्ने संस्थाहरुको क्षमता विकास गर्ने लगायतका विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् ।






















Posted By Sher Bahadur Bhujel
 
Member Comment