इलाका प्रसासनका सेवा पुनः सञ्चालनमा

Nov 8, 2019

विनोद सिंह विष्ट
बैतडी, २२ कात्तिक


कर्मचारी अभावले बन्द रहेका बैतडीको पुर्चौडीमा रहेको इलाका प्रसासन कार्यालयको सेवाहरु ५ महिनापछी पुनः सञ्चालनमा आएका छन् । कर्मचारी समायोजनले गत जेठदेखि बन्द रहेका सेवाहरु बिहीवारदेखि पुनः सञ्चालनमा आएका आएका हाे।

बिहीवारदेखि नागरिकता बितरणदेखिका इलाका प्रसासन कार्यालयले दिने अन्य सेवाहरु सञ्चालनमा आएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । इलाका प्रसासन कार्यालयमा निमित्त प्रमुखका रुपमा नायव सुब्बा गोविन्द प्रसाद भट्टलाई जिम्मा दिईएको उहाँले बताउनुभयो । यसका साथै एकजना नासु , एकजना कम्प्युटर अपरेटर र एकजना कार्यालय सहयोगी पनि रहेका छन् । इलाका प्रशासनमा एकजना अधिकृत, दुई जना नायब सुब्बा, १ जना सहलेखापाल र २ जना कार्यालय सहयोगी गरी ६ जनाको दरबन्दी रहेको छ ।

बन्द रहेका सेवा हरु सुचारु हुँदा स्थानीय बासिन्दा खुसी भएका छन् । यसअघि नागरिकता बनाउन, नाबालक परिचय पत्र बनाउन र अन्य सिफारिशका लागि सदरमुकाममै धाउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय राजेश धामीले बताउनुभयो ।
यसैबिच इलाका प्रसासन कार्यालयवाट बिहीवारदेखि हस्तलिखित नागरिकता प्रमाणपत्र पनि विस्थापन भएको छ । कम्युटर प्रणालीवाट काम सुरु भएसंगै हस्तलिखित नागरिकता बिस्थापन भएको इलाका प्रसासन कार्यालय पुर्चौडीले जनाएको छ ।
सदरमुकाम आउन डेढ दिन लाग्ने उक्त क्षेत्रका साविकका एक दर्जन गाबिसका झण्डै ६० हजार बासिन्दाले लाभान्वित हुने गरे वि स २०७३ सालमा इलाका प्रसासान कार्यालय स्थापना गरिएको हो ।