पढाई सिपमा सुधार ल्याउन पहिलो पटक पढाई मेलाको आयोजना


डडेल्धुरा ६,चैत्र
डडेल्धुराको उग्रतारा उच्च माध्यमिक विध्यालय पोखरामा सामुदायिक विध्यालयहरुमा अभिभावकहरुको सहभागिता वढाउन पढाइमेला कार्यक्रम सम्पन्न गरिएको छ । १ देखि ३ कक्षामा अध्ययनरत वालवालिकाहरुका अभिभावकहरुलाई आमन्त्रण गरि पढाइ मेला आयोजना गरेको हो ।
कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने वावालिकाको पढाईलाई सुधार गर्न र प्रभावकारी रुपमा आगाढी वढाउन उनिहरुका अभिभावकलाई भेला गरि पढाईमेला कार्यक्रमको आयोजना गरिएको विध्यालयका प्रधानाध्यापक चन्द्र शाहुले जानकारी गराउनु भयो ।
सामुदायिक र सरकारी विध्यालयहरुमा पछिल्लो समयमा अभिभावकको न्युन उपस्थिति रहन थाले पछि विध्यालयले अभिभाकलाई आमन्त्रण गरि पढाइ मेलाको आयोजना गरि विभिन्न गतिविधीहरु समेत सचांलन गरेको थियो । मेलामा विभिन्न स्टलहरु राखि पढाइ सामाग्र िप्रदर्शनी , शिक्षक तथा विधार्थी निर्मित सामाग्री , खेल तथा पढाइ प्रतियोगिताको समेत मेलामा प्रस्तुत गरिएको थियो ।
मेला कार्यक्रम अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझाको प्रमुख आथित्यमा विध्यालय व्यवस्थापन समिती अध्यक्ष गगन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
वालवालिका काँचो माटो हुन त्यसैले उनहिरुको पढाइमा जग वसाउन अभिभावकको सक्रिय भुमिका हुनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कमउमेरमा वच्चालाई राम्रो शिक्षा दिई आधारभुत कुराहरु सिकाउन सके माथिल्लो कक्षामा समेत फाईदा अग्रजहरुको भनाई रहेको थियो । विध्यालयमा प्रारम्भिक कक्षाका वालवालिकाको पढाइलाई गुणस्तरिय र प्रभावकारी वनाउन अभिभावकको विध्यालयमा सक्रिय सहभागिता वढाउन आग्रह गरेका थिए ।
विध्यालयमा शैक्षिक सामाग्रीको प्रयोग वढाउन र समान किसमले अभिभावकको सामुदायिक विध्यालय प्रतिको चासो वढाउनका पढाइ विध्यालयका प्रअ शाहुले अनुरो गर्नु भएको थियो । यस्ता प्रतियोगिता समय समयमा सचांलन गरिदा अभिभावकको समुदायिक विध्यालय प्रतिको चासो वढ्नुका साथै वालवालिकाहरुको पढा पनि राम्रो हुने विव्यस अध्यक्ष भण्डारीको भनाई रहेको छ । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु सचांलन गर्नका लागि स्थानिय तहवाट वजेट छुट्याउनु पर्नेमा विव्यस अध्यक्षको जोड रहेको छ ।
प्रतियोगितामा पढाइ सिपमा आधाररित खेलहरु र लेखन सिपमा सहभागि प्रथम ,द्धितिय र त्रिर्तिय भएका वालवालिकाहरुलाई पुरुस्कार समेत वितरण गरिएको थियो । कार्यक्रम पश्चात नियमित विध्यालयमा आफ्ना छोराछोरीको पढाइको वारेमा जानकारी र सुझाव लिन आउनका विध्यालयले अभिभावकलाइृ अनुरोध गरेको छ साथै विध्यालयमा देखापरेका समश्या सुल्झाउन सवैले लाग्नु पर्ने हुन्छ ।