सिचाई आयोजना जिर्ण बन्दा सुर्खेत लेकवेशीका स्थानिय चिन्तीत, पोखरीको फोहोर पानी पिउन बाध्य 

Jan 12, 2019

सुर्खेत लेकवेशी नगपालिका वडा नम्वर सात लवनामा रहेको सिचाई पोखरी जिर्ण बन्दै गए पछि कृषकहरु चिन्तीत बनेका छन ।
२०५२ सालमा निर्माण भएको उक्त सिचाई आयोजनालाई अहिले स्थानिय सरकार तथा प्रदेश सरकार कसैले पनि ध्यान नदिएको स्थानिय दिल बहादुर थापाले बताउनुभयो ।
करिव २५ वर्ष पुरानो सिचाई आयोजना जिर्ण हुदाँ मौसम अनुसार लगाईने खाद्यन्न बाली समेत फस्टाउन सकेको छैन् ।
कृषीको हिसावले अव्वल मानिने उक्त स्थानमा तरकारी कृषकहरुको मुख्य पेशा हो । अहिले त्यहाँ खानेपानिको समेत उचित व्यवस्था हुन नसक्दा स्थानियहरु सोहि पोखरीको पानि पिउन बाध्य भएका छन् ।
आफुहरुलाई उचि खानेपानिको समेत व्यवस्था नहुदाँ पोखरीकै फोहोर पानि पिउँदा पनि सरकारले कुनै वास्ता नगरेको स्थानिय दिलसरा थापाले बताउनु भयो ।
सिचाई आयोजनाका लागी नगर स्तरबाट बजेट बिनियोजन नसकिएको स्वीकार गर्दै लेकवेशी नगरपालिका वडा नम्वर सातका वडा अध्यक्ष चन्द्र बहादुर सुनारले प्रदेश सरकारलाई जानकारी गराए पनी कुनै सुनुवाई नभएको बताउनुभयो ।