स्वच्छ, सफा तथा हराभरा कागेश्वरी मनोहरा सरसफाई अभियान

Feb 7, 2019

काठमाडाै, माघ २४

कागेश्वरी नगरपालिका वडा नं १ मा स्वच्छ सफा हराभरा कागेश्वरी मनोहरा सरसफाई अभियान : हेरेर होइन गरेर देखाऊ अभियान सम्पन्न भएको छ ।

कागेश्वरी नगरपालिका वडा नं १ मा रहेका स्थानीयले आफ्नो वरपरको वातावरण स्वच्छ सफा हराभरा राखौ भन्ने अभियनमा सहभागी भई सबै मिली हातमा हात मिलाई सरसफाई कार्यक्रमलाई अघि बढाउनु भएको हाे ।

फोहरको किसिम बुझेर कुहिने फोहरलाई व्यवस्थित रुपले कम्पोष्ट मल बनाई अर्गानिक खेतीका लागि प्रयोग गर्ने र नकुहिने पलास्टिकजन्य फोहरलाई व्यवस्थित ढङगले संकलन गरी अल्कत्रा बनाई समाज विकासका लागि प्रयोगमा ल्याउने सहमति भएकाे छ ।

सरसफाई अभियान कागेश्वरी नगरपालिका वडा नं १ गागलफेदीदेखि सुरु भइ सहिद पार्कसम्म पुगेर वरिपरीकाे क्षाेत्रकाे सरसफाई गर्दै सम्पन्न भएकाे हाे ।

यस अभियानमा नगरपालिकाका प्रतिनिधि, अन्तर्राष्ट्रिय खेलकुद समितिका प्रतिनिधि, काठमाडाै क्षेत्र नं ३ का सांसद, आमसंचार माध्यमका प्रतिनिधि, नागरिक समाज संस्थाका प्रतिनिधि, स्थानीय तहका सल्लाहकार समितिका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।