दुनीको सार्वजनिक सुनुवाई

Mar 15, 2019


चैत्र १, अछाम
चौरपाटी गाउँपालिका वडा नं. ६ दुनीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना, वाक नेपाल पहल परियोजनाको आर्थिक सहयोग र रेडियो जनप्रियल सहजकरण सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७५÷७६ को साउन देखी पौष मसान्त सम्ममा वडाबाट प्रदान गरिने सेवा तथा सञ्चालित योजनाहरुको जानकारी गराईएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम वडा अध्यक्ष मने साउँदको अध्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष साँउदले सहभागिको जिज्ञासाको जवाफ दिदैे बजेट अभाबका कारण सबै क्षेत्रलाई समेट्न नसकेको र आगामी आर्थिक बर्षमा शिक्षा, कृषि, सडक लगाएतका क्षेत्रमा बजेट विनियोजन गरिने बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य दल बहादुर साउद, निर्मला खड्का, नरपता विक, बिरकेश साउद, नेकपाका नन्द सिहं आउजी स्वास्थ्य चौकी ईन्चार्ज कमला खड्का, वाक नेपाल पहल परियोजनाका शुशिला शाही, देवी माण्डौ माविका तलु बहादुर साउद, पञ्चकोटी प्राविका खड्क सिंह साउद, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो जनप्रियका एकेन्द्र महताले गर्नु भएको थियो ।