घाइते भन्छन्, ‘गाउँलेले बेलैमा उठाएर बचाए’

Sep 14, 2020

छेसाङ तामाङ
५३ वर्ष , बाह्रबिसे नगर वडा ७ डाडागाउँ किम्बेटोल

घरभित्र सुतिरहेका थियौ । अचानक बिहान साढे ३ बजे घर पुरै हल्लाउन थाल्यो । भूकम्प आयो भन्ठानेर मैले परिवारका सबै सदस्यलाई उठाएर घरबाहिर निक्लिए । बाहिर निक्लिदा वरीपरी पहिरोले घेरिसकेको रहेछ । छोराछोरीसहित म आत्तिएर पारी हेर्न थाले । पारीबाट छिमेकी र आफन्तले भाग भाग भनेर चिच्याउँदै रुदै कराउदै थिए । पहिरो केही थामिएपछि मौका छोपेर सबैसहित भाग्न खोजे तर, पहिरोले बीचमै मलाई छोप्यो । केही समय त श्वास फेर्नै सकिन् ।
तर अरु छिमेकीसहित सुरक्षाकर्मीले आएर तानेपछि म र सबै बाच्न सफल भयौ । यसरी बाचिएला अस्पताल आइएला भनेर सोचेकै थिइएन् । यहाँ यस्तो जोखिम होलाजस्तो लागेको थिएन्, तर नपत्याउदो खोलाले बगाउँछ भन्थ्ये हो रहेछ । सानो टंसाइ खोलाले बगाएर यत्रो विध्वसं मच्चियो । मेरो परिवारलाई त केही भएन् तर अरु भिरखर्क र नागपुजेका छिमेकी जिउदो रहेनछन् । अब गाउँ पुरै जोखिममा छ , कहाँ गएर बस्ने ठेगान छैन् । हे भगवान अब यस्तो कहिले नहोस् ।