घोडाघोडीको क्वारेन्टाइन नै त्रिपालको टहरा,आश्रय लिएका भन्छनः संक्रमणको साथै सर्पको डर

Jun 6, 2020

वीरेन्द्र शाह जेष्ठ २४ सुखड,
पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारत तथा नेपालका बिभिन्न स्थानबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किरहेका छन् । कैलालीमा पनि भारतबाट भित्रिनेको संख्या दिन दिन बढि रहेको छ । दिनहुँ गौरीफंटा नाका बाट भारत गएका नेपालीहरु दैनिकी रुपमा हजारौंको संख्यामा सर्वसाधारण भित्रेने क्रम जारीरहेको छ । त्यसरी भित्रिने नागरिकलाई स्थानीय पालिकाहरूले निर्माण गरेका क्वारेन्टाइन राख्दै आएका छन् । उनीहरूलाई क्वारेन्टाइनमा राखिएको भएपनि उचित व्यवस्थापन भने गर्न सकिएको छैन । दैनिक ठूलो संख्यामा भारतबाट आउने क्रम नरोकिएपछि स्थानीय पालिकाहरूका लागि व्यवस्थापनको पाटो चुनौतिपूर्ण बन्दै गएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा हाल सम्म क्वारेन्टाइनमा बस्नेको संख्या ३ हजार १ सय ३० पुगेको छ । नगरपालिको निमार्ण गरेको ६१  वटा क्वारेन्टाइनमा पुरुष २६ सय १२ जना र महिला ५ सय १८ जना रहेका छन् । उनिहरुलाई १२ वटा वडामा रहेका विभिन्न विद्यालयका क्वारेन्टाइनमा राखिएको छ । भारत तथा नेपालका विभिन्न जिल्ला बाट घर फर्किएका उनिहरूलाई नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि जेष्ठ ११ गते बसेको कार्यपालिकाको बैठकले वडा रहेका विद्यालयलाई क्वारेन्टाइन निर्णय गरेको थियो । तर, भारतबाट ठूलो संख्यामा नेपालीहरू आउँदा नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । आवश्यकता अनुसार क्वारेन्टाइन सञ्चालन तथा त्यसको खर्च पालिकाले नै व्यहोर्ने निर्णय गरिएको भए पनि त्यो लागु हुन सकेको छैन । क्वारेन्टाइनमा रहेका नागरिकहरूले खाना देखी हरेक कुराहरु घरको प्रयोग गर्दे आएका छन् ।

नगरपालिको दिएको त्रिपाल अर्थात टहरा मुनी अश्राय लिनु पर्ने बाध्याता उनिहरुको रहेको छ । जसले गर्दा कोरोनाको उच्च जोखिम रहेको स्थानिहरुको गुनासो छ । वडा नम्बर ६ को सरस्वरी आधारभुत विद्यालयमा १ सय ५५ जना बढीहरुले आश्रय लिईरहेका छन् । कोही विद्यालयको कोठामा बसेका छन् भने कोही विद्यालयको प्राङ्गणमा त्रिपाल टागेर बसीरहेका छन् । क्वारेन्टाइनमा खानेपानी ,खानाको साथै सुत्नको राम्रो व्यवस्था नहुदा आफुहरु समस्यामा परेको सोही ठाउँमा भागीराम चौधरीले बताए । सामाजिक दूरी कायम गर्दै क्वारेन्टाइनना बस्नु पर्ने भएपनि बाध्यताले एउटै टहरा भित्र १२ देखी १५ जना बस्नु परेको उनको गुनासो छ ।

त्रिपालको टहरा मुनी बस्दा सर्प,बिच्छिको डर लाग्ने गरेको उनले बताए । रात भर राम्रो सगँ सुत्न समेत आफुले नपाएको बिन्ति राम चौधरीले बताए । एउटा झुल दिएको छ, घरबाट खाना, सुत्ने विस्ताराहरू ल्याएर बस्नु परेको छ’,उनले भने । आफुहरुलाई दिन कटाउन निकै समस्या भएको उनले बताए । पालिकाले मास्क, साबनु दिए पनि सेनेटाइजर नदिएको बडोतडो आधारभुत विद्यालय बछुरीयाको क्वारेन्टाईनमा बसेका पदम बोहराले गुनासो गरे । एउटै कोठामा ८ देखी १० जनासम्म बस्नु परेको र कुनै सामाजिक दूरी पनि कायम नभएको पदम बोहराले बताए । सामाजिक दूरी कायम नहुदा स्वच्छ व्यक्ति पनि झन संक्रमण हुने सम्भावना बढी रहेको उनले बताए । खान समेत घरबाट ल्याउने भएकाले क्वारेन्टाइनमा बस्नु र नबस्नुको कुनै अर्थ नभएको उनको भनाई छ ।

यी त केही वडा नम्बर ६ काप्रतिनिधि मुलक पत्रका गुनासा हुन् । पालिकाले निमार्ण गरेका बिभिन्न क्वारेन्टाईनहरु अस्त बेस्त छन् । क्वारेन्टाईनमा खाना एवंम् पानीको उचित व्यवस्था नहुँदा समस्या छ भने व्यवस्थित नहुँदा जोखिम पनि उत्तिकै बढेको छ । अघिपछि आएका सबैलाईसँगै राख्दा क्वारेन्टाइनबाटै संक्रमण फैलिने खतरा रहेको छ । पछिल्लो समय भारत बाट नेपालीहरु धमा धम स्वदेश फिर्ता हुन थाले पछि पालिकाहरुलाई व्यवस्थापन गर्न हम्मे हम्मे भएको छ । जसो तसो भए पछि नगरपालिकाले ओत लाग्ने ठाउँ बनाएर राखेको छ । एक्कासी धेरै मानिसहरु भारत बाट आए पछि व्यवस्थापन गर्न आफुरुलाई निकै समस्या भएको वडा नम्बर ६ का वडा अध्यक्ष बिनोद विश्कर्माले बताए । पयाप्त मात्रमा भौतिक संरचना नहुदा त्रिपालको टहरा बनाएर भए पनि आफुहरुले आश्रय दिएको उनको भनाई छ ।

भने जस्तो गर्न नपाए पनि क्वारेन्टाइनमा बसेकाहरूलाई मास्क, साबनु, दिने काम गरिरहेको उनको भनाई छ । राता रात खाने पानि, खाल्टो खनेर चर्पि समेत निमार्ण गरेको अध्यक्षको भनाई छ । नगरपालिकाको १२ वटै वडामा वडामा क्वारेन्टाइन व्यवस्थापनका लागी वडाध्यक्षको संयोजकत्वमा बिभिन्न व्यक्ति लाई समेत खटाइएको र उनीहरूले काम गरिरहेको घोडाघोडी नगरपालिकाले जनाएको छ । जसो तसो भए पनि आफूहरूले क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेको नगर प्रमुख ममता प्रसाद चौधरीको भनाई छ । हामीले जति सक्दो राम्रो गर्ने प्रयास गरेको र स्रोत साधनले थेग्ने जति गर्ने उनको भनाई छ । नगर प्रमुख ममता प्रसाद चौधरीले दैनिक जसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन नगरपालिकाले सवारीसाधन पठाउने गरेको बताए । उनले सिमा क्षेत्रमा आएका आफ्ना नागरिक ल्याउन र उनिहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न लागि रहेको बताएका छन् ।

तर, कैलालीका अधिकाशं पालिकाहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न बनेको मापदण्डसहित कार्यविधिलाई लत्याएर काम गरीरहेका छन्। कार्यविधिमा क्वारेन्टाइनमा बस्ने व्यक्तिका लागि दिनमा दुई पटक खाना र खाजा खुवाउने, भारत लगायत विदेशबाट नेपाल भित्रिएका नेपालीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइनमा रहेका व्यक्तिले बाहिरका व्यक्तिसँग भेटघाट गर्नैपर्ने जरूरी परे स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा गर्ने, कोही व्यक्ति क्वारेन्टाइनबाट भाग्न कोशिस गरे उसलाई कानुनअनुसार कारबाही गर्ने भनिएको छ। त्यस्तै क्वारेन्टाइनमा बस्ने व्यक्तिले सूर्तिजन्य, नशालु तथा मादक पदार्थ सेवन गर्न नपाउने, क्वारेन्टाइनको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटिने, संचार, स्वास्थ्य, सडक, पानी ,बिजुलीको पुर्ण व्यवस्था भएको हुने कार्यबिधिमा उल्लेख गरीएको छ । घोडाघोडीका क्वारेन्टाइनमा त्यो कार्यान्वयन हुन सकेको छैन ।