एकल तथा सीमान्तकृत अपाङ्ग महिलाहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध

Oct 12, 2020


सरिता कठायत
असोज २६, डोटी ।

एकल महिला समुह डोटीद्धारा एकल महिला तथा सीमान्तकृत अपाङ्ग महिलाहरुलाई खाद्यान्न सहित स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

जिल्लाको पुर्वीचौकी गाउँपालिकाका एक सय २० जना एकल महिला तथा सीमान्तकृत अपाङ्ग महिलाहरुलाई राहत स्वरुप उक्त सामाग्री वितरण गरिएको हो ।

मानब अधिकारका लागि महिला, एकल महिला समुह डोटीले सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता परियोजना अन्तरगत प्रति व्याक्ति २५ किलो चामल, दाल, चना, तेल, साबुन, मास्क, सेनेटाइजर लगाएतका सामाग्री वितरण गरेको हो ।

कोभिड १९ का कारण भएको लगडाउन र त्यसपछि निम्तिएको समस्याका कारण एकल महिला तथा सीमान्तकृत अपाङ्ग महिलाहरुलाई जिपिकोपार्जन गर्न निकै समस्या देखिएकोले राहत सामाग्री वितरण गरिएको मानब अधिकारका लागी महिला एकल महिला समुह डोटीकी कार्यक्रम संयोजक लक्ष्मी देउबा बमले बताइन । संयोजकको भनाई अनुसार एकल महिला दैनिक मजदुरी गर्ने महिलाहरु कोरोना संक्रमणको उच्च जोखिम र आर्थिक समस्या परेकोले उनीहरुका लागी स्वास्थ्य तथा खाद्यान्न सामाग्रीको जोहो गरिएको हो ।

समुहले जिल्लाको दिपायल सिलगढी नगरपालिका र पृर्वीचौकी गाउँपालिकाका तीन सय जनालाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । त्यसै अन्तर्गत आइतबार पृर्वीचौकी गाउँपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो । दिपायल सिलगढीमा आज सामाग्री वितरण गर्ने कायक्रम रहेको मानब अधिकारका लागी महिला एकल महिला समुह डोटीकी अध्यक्ष सरिता श्रेष्टले बताइन । आयस्रोतको कुनै पनि बाटो नभएका समयमा चाडपर्व आउँदै गर्दा हातमुख कसरी जोडने भन्ने चिन्ता थियो, स्थानिय एकल महिला बिस्नादेवी नेपालिले भावुक हुँदै भनिन् थोरै भएपनि खाद्यान्न मिलेको छ । यसले ठुलो राहत महसुस भएको छ ।