घोडाघोडीमा ४ महिना देखी एम्बुलेन्स ठप्प

Mar 16, 2020

चैत ३, सुखड
कैलालीको घोडाघोडी नगरपालिका ११ मा रहेको पहलमानपुर स्वास्थ्य चौकीका एम्बुलेन्स चालक फरार भए पछि करिव ४ महिना देखी एम्बुलेन्स ठप्प रहेको छ । विगत लामो समय देखि काम गर्दै आएका चालक वडा न १२ का राजिब चौधरी एम्बुलेन्स बिग्रीएको भन्दै फरार भए पछि एम्बुलेन्स ठप्प रहेको हो । एम्बुलेन्सका बिषयमा बुझ्न जादा चालकले नमानेर फरार रहेको वडा न ११ का वडा अध्यक्ष दान सिंह जोगीले जानकारी दिए । करिब ४ महिना एम्बुलेन्स ठप्प रहदा सम्म नगरपालिका र वडा कार्यालयले कुनै पहल नगरेको स्थानियवासीले आरोप छ ।