सुस्त मनस्थिति भएका वालवालिकालाई शैक्षिक र पुर्वाधार निर्माण सामाग्री हस्तान्तरण

Jun 28, 2020

वीरेन्द्र शाह असार १४ सुखड,
कैलालीको घोडाघोडी नगरपालिका १ राष्ट्रिय माध्यामिक विद्यालय सुखडमा बसोबास गरी अध्ययन गरीरहेका सुस्तमनस्थिति विद्यार्थीको लागी शैक्षिक सामाग्री र पुर्वाधार निर्माण सामाग्री हस्तान्तरण गरीएको छ । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि.पहलमानपुर शाखा कार्यालयले विद्यालय व्यवस्थापन समितिकका अध्यक्ष गजेन्द्र अर्याल र प्रध्यानाध्यापक रामछबिल्ला चौधरीलाई सामाग्री हस्तान्तरण गरीएको हो ।

स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिका क्षेत्रिय प्रबन्धक निर्देशक जनार्धन ढकाल र पहलमानपुर शाखाका प्रमुख डोल नाथ त्रिपाठीले एक कार्यक्रमका बिच विद्यालय परिवारलाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त अपाङ्ग तथा सुस्त मनस्थितिका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पुर्वाधार निमार्ण सामाग्री गरी हस्तान्तरण गरीएको संस्थाले जनाएको छ ।

कापी १८ वटा, कलम २० वटा जस्ता ९ फुटे १८ वटा, जस्ता ८ फुटे ९ वटा, धुरी पाता १ वटा र किला काटा सहित अन्य जडान सामाग्री सहित ४७ हजार बराबरको सामाग्री उपलब्ध गराएको स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि.पहलमानपुर शाखा कार्यालयका प्रमुख डोल नाथ त्रिपाठीले जानकारी दिए । त्यस्तै सोही कार्यक्रममा मार्फत २०७५ सालको एसईईमा उकृष्ट अंक ल्याई पास हुने समिक्षा मल्लका परिवारलाई संस्थाले नगद रकम र कदर पत्र सहित सम्मान गरेको छ ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मनराज शाही, विद्यालय व्यवस्थापन समितिकका अध्यक्ष गजेन्द्र अर्याल, प्रध्यानाध्यापक रामछबिल्ला चौधरी, शिक्षक लगायत बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो विद्यालयमा १५ जना सुस्त मनस्थिति भएका बालबालिकाहरु अध्ययनरत छन् । उनिहरुलाई विद्यालयमा आवासिय सहितको व्यवस्था गरीएको छ ।