सिद्धिचरणकाका ५६ जनाले पाए अपाङ्गताको परिचयपत्र

Aug 11, 2019

सरस्वती वानिया,

श्रावण २६, ओखलढुङ्गा ।

सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले एक वर्षमा ५६ जनालाई अपाङ्गताको रातो कार्ड वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा वितरण गरेको २ सय २६ ओटा अपाङ्ग परिचयपत्र मध्ये क वर्गको रातोकार्ड मात्रै ५६ जनालाई वितरण गरेको हो ।

संघिय संरचनाको स्थानीय तहको कार्यान्वयन भएसगै नगरपालिकाले वडा स्तरिय सिबिरहरु सञ्चालन गरि अपाङ्गता परिचयपत्र वितरण गरेको हो । शिबिरमा अपाङ्गता परिचय पत्र लिने मध्ये ८९ जना पुरुष र ४७ जना महिला गरि १ सय ३६ जना पुरानो परिचयपत्र नविकरण रहेको छ । त्यस्तै गरि ४९ जना महिला र ४१ जना पुरुष गरि जम्मा ९० जनाले नयाँ परिचयपत्र लिएका हुन् ।

अपाङ्गता परिचयपत्र पाउने मध्ये ५६ जनाले क वर्गको रातो कार्ड पाएका छन् भने ८१ जनाले निलो अर्था ख वर्गको परिचयपत्र पाएका छन् । त्यसैगरि पहेँलो अर्थात ग वर्गको परिचयपत्र प्राप्त गर्ने ५८ जना र घ वर्ग अर्थात सेतो परिचयपत्र पाउने ३१ जना रहेका छन् । क वर्गकोमा २२ जना महिला र ३४ जना पुरुष, ख वर्गकोमा २७ महिला र ५४ पुरुष रहेका छन् । त्यसैगरि ग वर्गको परिचयपत्र पाउनेमा २७ महिला ३१ पुरुष तथा ग वर्गको परिचयपत्र पाउनेमा २० महिला र ११ पुरुष रहेका छन् ।

संघिय संरचना लागू भएसगै अपाङ्गता भएका नागरिकहरुलाई वडामा नै गएर परिचयपत्र दिलाउने नगरपालिकाको कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरिएको थियो । शिविरमा पुरानाको नविकरण सगै नयाँलाई पनि प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा अधिकृत सरिता तामाङले बताउनुभयो ।

संघिय संरचना लागू हुनुपूर्व अपाङ्गता भएका व्यक्तिहरुले परिचयपत्र लिनका लागि जिल्ला सदरमुकाममा नै धाउनुपर्ने बाध्यता रहेको थियो । टाढावाट परिचयपत्रका लागि जिल्ला सम्म धाउनु पर्दा हजारौ खर्च हुने भएकोले कतिपयले परिचयपत्र नै नलिई बसेका थिए । नगरपालिकाले वडामा नै शिविर सञ्चालन गरेपछि भने अपाङ्गता भएका व्यक्तिहरुले राहत महशुस गरेका छन् ।